0
गोल्डेन न्यूज संवाददाता
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले दुई दिनभित्रमा संविधान संशोधनको प्रस्ताव पेश हुने दाबी गरेका छन् । प्रेस सेन्टर कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पुनले मधेसको मुद्धा सम्बोधन गर्नेगरी १२ दिन भित्रमा संसदमा संविधान संशोधन प्रस्ताव पेश हुने दाबी गरेका हुन् ।  नेपालको संविधान गतिशिल संविधान भएकाले जनमतको कदर गर्दै आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिने भन्दै उनले अहिलेको संशोधन प्रस्ताव पनि प्रमुख ३ दलसहित सबै दलको सहमतिमा पारित हुने बताए । नेता पुनले सिमाङ्कनको विषयमा आयोग बनाएर टुंग्याउने गरी सहमति हुने बताए । आवेग र उत्तेजनामा आएर चाँडो टुंग्याउनुभन्दा पनि सामथ्र्य, पहिचान, सुगमतालगायतका विषयलाई मुल्यांकन गरेर ढिलो भएपनि उपयुक्त तरिकाले सिमांकन हुनुपर्ने पक्षमा आफूहरु रहेको उनले बताए । पुनले अंगिकृत नागरिकताको सवालमा २०४७ सालको संविधान र अन्तरिम संविधानमा उल्लेख भएअनुसार नै हुने स्पष्ट पारे । ‘वैवाहिक सम्बन्धबाट लिइएको अंगिकृतको हकमा मात्र मुख्यमन्त्री लगायतका प्रमुख पदमा पुग्नसक्ने प्रावधान राखिने  छ ’ पुनले भने–‘राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका प्रमुख पदमा भने पुग्नसक्ने प्रावधान हुँदैन ।’ मधेसी मोचा वा अन्य कसैलेपनि अंगिकृत नागरिकलाई प्रमुख पद पाउनुपर्छ भनेर नभनेको बताउँदै अहिले भएको हल्ला केवल भ्रमितगर्न लाइएको दाबी गरे । पुनले सरकारले जनजिविकाको पक्षमा काम गरिरहेपनि सरकार र नेकपा माओवादीलाई घेराबन्दी गरिएको बताए । पुनले भने–‘खास गरेर सञ्चार माध्यम र सामाजिक सञ्जालको माध्यमबाट सरकार र माओवादी अध्यक्ष प्रचण्डलाई घेराबन्दी भइरहेको छ । पुनले सरकारले छिमेकी मुलुक चीन र भारतसँग सन्तुलित सम्बन्ध राख्न सफल भएको हुँदा सरकारको एक सय दिन सफल मान्न सकिने बताए। पुनले अख्तियार अनुसन्धान दुरुपयोग आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की्बिरुद्धको प्रस्ताव प्रमुख ३ दलसहित सबै दलको सहमतिमा पारित हुने उनले दाबी समेत गरे ।

Post a Comment

 
Top