0
गोल्डेन न्यूज संवाददाता
नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा संचालित सि.सं. कमाण्ड तथा स्टाफ तालीमका शिक्षार्थीहरुले आन्तरिक अध्ययन भ्रमण तथा अन्तत्र्रिmया कार्यक्रम अन्तर्गत पोखरा उद्योग वाणिज्य संघको भ्रमण गरेका छन् । महासेनानी पदमबहादुर सिँहको नेतृत्वमा रहेका प्रशिक्षार्थी मेजरहरुको सो टोलीलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष रवीन्द्रबहादुर प्रजुले संघले निजी क्षेत्रको हक हित रक्षाका साथै सामाजिक उत्तरदायित्व बहनको क्षेत्रमा पु¥याएको योगदानको बारे जानकारी दिए । नेपाली सेनाले नेपालको निजी क्षेत्रसँग यसका गतिविधि तथा पोखराको पर्यटन उद्योगको अवस्थाबारे जानकारी लिनु सुखद् संयोग भएको भन्दै उनले नेपाली सेनाले विकास निर्माणको क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण भएको बताए। पोखरा उद्योग वाणिज्य संघले पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको सहरको रुपमा परिकल्पना गर्दै सोही अनुसारका गतिविधि संचालन गर्दै आएको उनले प्रष्ट पारे । प्राकृतिक रुपले सुन्दर पोखराको मुख्य व्यवसाय पर्यटन नै भएको भन्दै उनले पर्यटन उद्योगको विकासबाट नेपालको सम्वृद्धि सम्भव भएको बताए । कार्यक्रममा पोखराको पर्यटनबारे कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय पर्यटन परीषदका सदस्य तथा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठीले पोखरालाई केन्द्र मानेर यो क्षेत्रको पर्यटन विकासको अभियान थालिनुपर्नेमा जोड दिए। प्रदेश नम्बर ४  को प्रस्तावित राजधानीको रुपमा रहेको पोखरा र यो क्षेत्रमा भएका महत्वपूर्ण पर्यटकीय संरचनाहरुको बारेमा जानकारी दिँदै उनले पदयात्रा मार्गको संरक्षण, विमानस्थल लगायतका भौतिक संरचनाहरुको निर्माण तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार पोखराका पर्यटन उद्योगको आवश्यकता भएको बताए । सो अवसरमा धन्यवाद  ज्ञापन गर्दै तालिमका प्रमुख  शिक्षक महासेनानी पदमबहादुर सिँहले पोखरा उद्योग वाणिज्य संघसँग भएको अन्तरक्रिया फलदायी भएको बताए। तालिममा सहभागी शिक्षार्थीहरुले सो अवसरमा सुरक्षा निकायले नेपालको पर्यटन प्रवद्र्धनमा पु¥याउन सक्ने योगदानको बारे आ–आफ्ना भनाइ राखेका थिए ।  कार्यक्रममा संघका वाणिज्यतर्फका उपाध्यक्ष विन्दु कोइराला सुवेदी तथा कार्यसमिति सदस्य नारायणप्रसाद पौडेलको पनि उपस्थिति रहेको थियो ।




Post a Comment

 
Top