0
तनहुँ, ब्यास–६, नेपालटारका बृहस्पति ढकाल पेशाले सवारी चालक हुन । १० वर्ष भयो उनले नेपालको पर्यटकीय शहर पोखरादेखि भारतको राजधानी नयाँ दिल्ली चल्ने बस चलाउँदै आएको । वसचालक संगै ढकालले विगत ४ वर्षदेखि माछापालन समेत गर्दै आएका छन । ब्यास ६ नेपालटारमा रहेको जग्गामा ढकालले माछापालन गरी वर्षेनी लाखौ रुपैया आन्दानी गर्दै आएका छन । आफू सवारी चालक, छोराछोरी पोखरा, दमौली तिर पढ्नका लागि बस्ने गरेकोे र घरमा श्रीमतीमात्र भएपछि खेर गएको जमिनलाई सदुपयोग गर्दै ढकालले ४ वर्षदेखि माछापालन गर्दै आएका हुन् । गाउँघरमा खेतीपाती गर्ने मानिसको अभावका कारण जग्गा जमिन जंगल हुने हो कि भन्ने चिन्ताले उनले करिब ८ रोपनी जग्गामा पोखरीहरु निर्माण गरी माछा पाल्न सुरु गरेका थिए । चार वर्षसम्म आइपुग्दा ढकालले आफूले वर्षेनी ४ लाखको दरले माछापालन बाट आम्दानी गर्ने गरेको बताउँछन । ढकालले आफ्नै ठाउँमा काम गरे स्वदेशमै बसेर खेर गएको जग्गालाई उपयोग गर्न सके लाखांै आम्दानी गर्न सक्ने बताउँदै युवाहरुलाई यसप्रति लाग्न सुझाव समेत दिन्छन । त्यसो त ढकालले दुई छोरी र एक छोरालाई आफ्नै पेशाबाट उच्च शिक्षामा अध्ययन गराइरहेका छन । उनको यो पेशालाई श्रीमती गोमा ढकालले साथ दिएकी छिन । गोमाले श्रीमानले सवारी चालक भएपनि माछापोखरी बनाएर माछापाल्ने काममा आफूलाई पनि अग्रसर गराएकोमा आफू खुसी रहेको र माछापालनबाट आएको आम्दानीले घरखर्च चलाउन सजिलो भएको बताइन । ढकाल मत्स्यपालन नाम दिएर माछापालन गर्दै आएको ढकालले कमन कार्प, सिल्भर कार्प, रोहु, नैनी जस्ता माछा पाल्ने गरेका छन । ढकाल जस्तै माछा पाल्ने अर्का किसान देवी प्रसाद भुषालले ढकाल सवारी चालकको काम गर्ने भएपनि गाउँमा खेर गएको जग्गालाई सदुपयोग गर्दै माछापालन गरी मनग्य आम्दानी लिन सफल भएको र यसलाई गाउँमा बेरोजगार बसेका युवाहरुले सिको गर्न सके विदेश जान नपर्ने वताउँछन । ढकालको कामले स्थानियहरु पनि खुसी देखिन्छन । उनको कामलाई स्थानीयले समेत सहयोग गर्ने गरेको स्थानिय पदमराज शाही वताउछन । ढकाल पेशाले ड्राइभर भएतापनि गाउँमा खाली भएको जग्गालाई सदुपयोग गर्दै माछापालन गरेको र उनको पेशालाई स्थानीय युवाहरुले अंगाल्न सकेको खण्डमा गाउँमै बसेर बार्षिक लाखांै कमाइ गर्न सकिने शाहीले बताए ।
स्रोत ः पिसपोखरा

Post a Comment

 
Top