0
गोल्डेन न्यूज संवाददाता
टोल सुधार समिति रामबजार १०÷१५ पोखराले विजयादशमी तथा शुभदीपावलीको अवसरमा शुभकामना आदान–प्रदान तथा पोखरा उद्योग बाणिज्य संघका निर्वाचित पदाधिकारीलाई सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा सांसद शारदा पौडेलले सम्पूर्ण नेपालीलाई विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत् लगायतका चाडपर्वको शुभकामना दिएकी थिइन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष लगायत टिमलाई बधाई दिएकी थिइन । उक्त अवसरमा बोल्दै उनले  पोखराका उद्योग व्यवसायमा आवद्ध सदस्यहरुको हकहित र समस्या समाधान गर्दै समस्त पोखरा विकासमा संघको नेतृत्व गम्भीर हुनुपर्नेमा जोड दिइन । नेपालका सबै दल मिलेर नयाँ नेपाल निर्माण गर्न लाग्नुपर्ने र स्थानीय निर्वाचन छिटोभन्दा छिटो गर्न सरकार लागिपरेको उनले बताइ । कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे लगायत पदाधिकारीलाई सम्मान गरिएको । कार्यक्रममा अध्यक्ष पालिखेले रामबजारबासीको सम्मानले शिर उचो बनाएको बताउँदै समस्त व्यापारी लगायत पोखरेलीको हक र हितमा काम गर्दै बाहिरी देशबाट आएको सोलार बत्तीलाई रामबजारमा राख्न पहल गर्ने जानकारी दिए । रामबजार सोसाइटी युकेका सल्लाहकार महेश गुरुङ्गले पोखरा विकासमा रामबजार सोसाइटी युके र पोखरेलीले समेत सहयोग गर्ने बताए। ममिता स्मृति प्रतिष्ठानका अध्यक्ष ऋषिराम विक, बुद्धचोक महिला समूहका अध्यक्ष सीता बानिया लगायतले बोेलेका थिए । रामबजारबासी तथा सम्पूर्ण संघ–संस्थाहरुको तर्फबाट शुभकामना व्यक्त गरिएको कार्यक्रम टोल सुधार समिति रामबजार १०, १५ का अध्यक्ष सम्मरबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन सचिव नारायण श्रेष्ठले गरेका थिए ।







Post a Comment

 
Top