0
गोल्डेन न्यूज संवाददाता
पोखराको लेकसाईड स्थित माउण्ट कैलाश रिसोर्टले गुणस्तरीय सेवा प्रदान गरे वापत विश्व अवार्ड जित्न सफल भएको छ । विश्वभरका विभिन्न क्षेत्रका उत्पादनमूलक कम्पनी तथा सेवा प्रदायक कम्पनीलाई प्रदान गर्ने गरिएको अवार्ड माउण्ट कैलाश रिसोर्टले हात पारेको हो । माउण्ट कैलाश रिसोर्ट यो अवार्ड प्राप्त गर्ने पहिलो नेपाली रिसोर्ट हो । विजनेश एनिसिएटिभ डिरेक्सन्स (बिआइडी) नामक अन्तराष्ट्रिय संस्थाले रिसोर्टलाई ‘वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’ प्रदान गरेको हो । गएराति फ्रान्सको राजधानी पेरिसमा आयोजित कार्यक्रमका वीच रिसोर्टका अध्यक्ष नरेश भट्टराई र प्रबन्ध निर्देशक शौमाया गुरुङ भट्टराईले अवार्ड ग्रहण गरे । अवार्ड हात पारेपछि भट्टराईले नेपाली होटल, रिसोर्ट र रेष्टुरेन्ट अन्तर्राष्ट्रिय गुणस्तरको सेवा प्रदान गर्न सक्षम रहेको प्रमाणित भएको बताए । माउण्ट कैलाशले प्राप्त गरेको अन्तर्राष्ट्रिय अवार्डले पोखरासँगै नेपालकै पर्यटन प्रबद्र्धनमा थप सहयोग पु¥याउने भट्टराईको विश्वास छ । कार्यक्रममा उनले माउण्ट कैलाश रिसोर्टले प्रदान गर्दै आएको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिबद्धता जनाए । स्थापनाको ७ बर्ष पुरा गरेको रिसोर्टले यसअघि विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु समेत हात पारिसकेको छ। बिआइडी नामक संस्थाले विश्वभरका विभिन्न क्षेत्रमा संलग्न कम्पनीहरुका सेवाको गुणस्तरीयता मूल्याङ्कन गरी बार्षिक रुपमा अवार्ड प्रदान गर्दै आएको छ । यो बर्ष नेपालबाट माउण्ट कैलाश रिसोर्ट सँगै विभिन्न देशका विभिन्न कम्पनीहरुले अन्तर्राष्ट्रिय गुणस्तरको अवार्ड प्राप्त गर्न सफल भएका छन् ।






Post a Comment

 
Top