0
गोल्डेन न्यूज संवाददाता
कास्कीको पोखरामा मुख्य कार्यालय रहेको सृजनशिल बालविकास कार्यक्रमले आर्थिक वर्ष २०७२÷७३ को सामाजिक लेखाजोखा कार्यक्रम सोमबार सम्पन्न गरेको छ । पोखरामा वालगृह संचालन गरि १८ जना बालबालिकालाई आवासीय संरक्षणमा राखेको र नेपालका विभिन्न जिल्लामा १०६ जना बालबालिकालाई आँशिक छात्रवृत्ति प्रदान गरेको उक्त संस्थाले संस्थाका पदाधिकारी, कर्मचारी, सेवाग्राही, स्थानीय जनसमुदाय, लक्षित वर्ग, संचारकर्मी लगायतको सहभागितामा सामाजिक लेखाजोखा सम्पन्न गरेकोे हो । 
कार्यक्रममा संस्थाका अध्यक्ष शंकर पन्थले संस्थाको लक्ष्य, उद्देश्य र गत आर्थिक वर्षमा गरिएका कार्यक्रमको बारेमा जानकारी प्रस्तुत गरेका थिए । कार्यक्रममा वोल्दै वडा महिला समन्वय समितिका उपाध्यक्ष कल्पना थापाले संस्थाले राम्रो काम गरिरहेको भन्दै बालबालिका छनौट गर्दा लक्षित बालबालिकामात्रै छनौट गर्नुपर्ने बताए । टोल विकास संस्थाका अध्यक्ष घनश्याम गौतमले गृहमा रहेका बालबालिकाको भविष्य सुनिश्चित हुनुपर्ने बताए । कार्यक्रममा वोल्दै टोल विकास संस्था समन्वय समिति वडा नं. १५ का अध्यक्ष प्रकाश पौडेलले संस्थाको कार्यक्रम अन्यन्तै राम्रो रहेको र यसलाई निरन्तरता दिन नगरपालिकासंग समन्वय गरेमा प्रभावकारी हुने बताए । 
बालगृह संजाल कास्कीका संस्थापक सदस्य गणेश पाख्रिनले संस्थाले संचालन गरेको ओडारे प्रोजेक्टमा आफूले प्रत्यक्ष भ्रमण गरेको उल्लेख गदै कार्यक्रम अन्यान्तै प्रभावकारी रहेको बताए। 
शिक्षक राजेन्द्र अधिकारी, शिव भण्डारी, छात्रवृत्ति प्राप्त बालिकाका वुवा ज्ञान प्रसाद तिवारी लागायतले संस्थाद्धारा संचालित कार्यक्रमका सकरात्मक पक्ष र आगामी दिनका लागि अवलम्बन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा संस्थाका सचिव राम प्रसाद शर्मा र अध्यक्ष शंकर पन्थले सहभागीहरुवाट आएका सुझावहरुलाई कार्यान्वय गर्ने प्रतिवद्धता जनाएका थिए। सामाजिक लेखाजोखा कार्यक्रममा सहजकर्ताको भूमिका थ्रि एन्जल्स नेपालका प्रशासकीय सचिव भिम प्रसाद पौडेलले गरेका थिए ।






Post a Comment

 
Top