0
गोल्डेन न्यूज संवाददाता
वडादशैँको अवसर पारेर नेपाली कांग्रेस पोखरा नगर समितिका सदस्यहरुले पोखराको वडानं १८ मा रहेको वात्सायान बृद्धाश्रममा खाद्यान्न सहयोग गरेका छन् । सोमबार आयोजित एक कार्यक्रमबीच नेपाली काँग्रेस कास्कीका महाधिवेशन प्रतिनिधि विरेन्द्र नारायण विजुक्छेले बृद्धाश्रमका पुजारी युवराज वाग्लेलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरे । सहयोग हस्तान्तरणपछि बोल्दै प्रमुख अतिथि विजुक्छेले बृद्ध बृद्धाका लागि राज्यले भूमिका खेल्नुपर्नेमा जोड दिए । स्थानीयस्तरबाटै सञ्चालित बृद्धाश्रममा स्थानीयकै सहयोग भईरहेकोमा काँग्रेस नगरसमितिले गरेको सहयोगको सह्राना गरे । दशैँको बेला वयोबृद्धहरुबाट आशिर्वाद लिने र उनीहरुलाई एक दिन भएपनि भेटेर सहयोग गर्ने उद्देश्य सहित कार्यक्रम गरिएको नेपाली काँग्रेस पोखरा नगर सदस्य भवसागर बरालले जानकारी दिए । कार्यक्रममा बोल्दै कार्यक्रमका सह–संयोजक एवं नगर सदस्य सुवर्णजंग केसीले वृद्धबृद्धाको सेवाका लागि आँफूहरु निरन्तर लागि पर्ने बताउँदै चाडबाडको बेलामा मात्र नभई अन्य समयमा पनि नगर समितिले सहयोगलाई जारी राख्ने बताए । नेपाली काँग्रेस पोखरा नगर सदस्य भवसागर बरालको अध्यक्षतामा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा बृद्धाश्रमका कोषाध्यक्ष शिव प्रसाद पोखरेल, नेविसंघका पूर्व केन्द्रिय सदस्य गोविन्द लामिछाने लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस पोखरा १८ वडा ईकाई सभापतित्व विष्णुप्रसाद पोखरेलले गरेका थिए ।


Post a Comment

 
Top