0
शैक्षिक समाज सहकारी संस्थाको १६ औं साधारण सभा एवं पाचौं अधिवेशन सोमबार संस्थाका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा जिल्ल सहकारी प्रशिक्षण तथा डिभिजन कार्यलयका प्राचार्य बद्रिनाथ अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भयो । प्राचार्य अधिकारीले सहकारीको मर्म र भावनालाई कदर गरी सम्पूर्ण शेयरधनिहरुले आफ्नो कारोबार एकिकृत व्यावसायीकरण गरि रोजगारीमूलक क्षेत्रमा अगाडि बढ्न आग्रह गरे । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारी कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भिम गुरुङ्ग, स्वतन्त्र पत्रकार संघका अध्यक्ष कृष्ण प्रसाद बास्तोला, परोपकार सहकारी संस्थाका अध्यक्ष विष्णु बराल, धनुष सहकारीका अध्यक्ष राजाराम सुबेदि, सृजना महिला सहकारीका अध्यक्ष कमला गिरी, पुर्व अध्यक्ष सूर्य प्रसाद ढकाल लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सह सचिव लिला प्रसाद पराजुलीले र कार्यक्रम सन्चालन संस्थाका सचिव लिलाधर बरालले गरेका थिए । सो अवसरमा उत्कृष्ट निक्षेप कर्ता सनत कुमार श्रेष्ठ, असल ऋणी दिलमाया थापामगर र उत्कृष्ट कर्मचारी पुन माया गुरुङ्ग, २०७२ सालको एसएलसीमा उच्च अंक प्राप्त गर्ने सबिन बिश्वकर्मा र दिपमाला थापामगर सबैलाई संस्थाले सम्मान गरेको थियो । कार्यक्रमा सचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन माथि व्यपक छलफल गरि सुझाव सहित शेयर सदस्यहरुले अनुमोदन गरेका थिए । 
संस्थाको अधिवेशनले लिलाधर बरालको अध्यक्षतामा नौं सदस्य कार्य समिति भयन गरेको छ । संस्थाको उपाध्यक्ष बसन्त प्रसाद पराजुली, सचिव लिला प्रसाद पराजुली सह सचिव ध्रुर्व बन्धु पोखरेल, कोषाध्यक्ष बाबुराम घिमिरे, सदस्यमा लोकनाथ पौडेल, हरिमाया थापामगर, गौरी चालिसे, लेखा समिति संयोजक दिपक बस्नेत सदस्यहरु आशिक बजिमय, गणेश पहारी, ऋण उपसमितिमा ध्रुर्व बन्धु पोख्रेल, सदस्यहरु सागर बाबु बाँस्तोला र शंकर प्रसाद बराल सदस्य रहेको समिति चयन भएको छ ।


Post a Comment

 
Top