0
गोल्डेन न्यूज संवाददाता
मिस पोखराको ताज सदिक्षा पाण्डेले पहिरिन सफल भएकी छिन् । पोखरा सभागृहमा खचाखच भरिएको दर्शकमाझ शनिबार साँझ सम्पन्न आठौं संस्करण मिस पोखरा २०१६ को ग्राण्ड फिनालेमा १० जना प्रतियोगीहरुलाई पछि पार्दै २१ बर्षीया सदिक्षाले उपाधि हात पारेकी हुन । उनले मिस भ्युअर च्वाईस् र मिस पपुलारिटी सबटाईटल समेत जितिन् । उनी सृजना उच्च माविका पूर्व विद्यार्थी समेत हुन् । प्रतियोगितामा प्रश्मि थापा फस्र्ट रनरअप भईन् भने सेकेन्ड रनरअपको उपाधि उन्नति गुरुङले जितिन्  । प्रतियोगिताको निर्णायकमा पोखरा उपमहानगरपालिका कार्यालयका वरिष्ठ अधिकृत ओमराज पौडेल, नेपाल पर्यटन बोर्डका निर्देशक सूर्य थपलिया, बिग एफएमका अध्यक्ष एवं किंग्स ईन्स्टिच्युटका डाईरेक्टर महेश भण्डारी, गायिका रेखा शाह, महिला उद्यमी तथा सञ्चारकर्मी रीता जोशी पालिखे, पूर्व अध्यक्ष निरञ्जन श्रेष्ठ, पूर्व अध्यक्ष विष्णुबहादुर थापा रहेका थिए । कोरियोग्राफी जयनसुब्बा मानन्धरले गरेकी थिईन् । पोखरा जेसिजको आयोजना तथा ईभेन्ट्स फर यु प्रालिको व्यवस्थापनमा भएको ‘जिओनी मिस पोखरा–२०१६’ प्रतियोगिताको उपाधि बिजेताले नगद ५० हजारसहित डियो स्कुटर प्राप्त गरेकी छिन् साथै बिजेताले द हिडन टे«जरको आयोजनामा हुने मिस नेपालमा सिधै प्रतिष्पर्धा गर्न पाउनेछिन् । प्रतियोगिताको फस्र्ट रनरअपले ३० हजार र सेकेण्ड रनरअपले २० हजारसहित एक÷एक वटा जियोनी मोवाइल प्राप्त गरे । मिस पर्सनालिटी, बेस्ट ड्रेस, मिस जक्शन पपुलारिटी मनिला हिराचनले जितिन् । मिस क्याटवाक, मिस फोटोजेनिक श्रृतिका गुरुङ भईन् भने मिस ट्यालेण्ट विमला गुरुङ र मिस बेस्ट स्माईलको टाईटल अञ्जना रामदामको नाउँमा रह्यो ।  अन्तिम प्रतिष्पर्धामा सदिक्षा पाण्डे, विमला गुरुङ, जिना श्रेष्ठ थापा, मनिला हिराचन, बन्दना गुरुङ, अञ्जना रामदाम, दिक्षा कोइराला, प्रश्मी थापा, श्रृतिका गुरुङ, सजनी बराल र उन्नती गुरुङ ¥याम्पमा उत्रेका थिए । कार्यक्रमको अध्यक्षता पोखरा जेसिजका अध्यक्ष गोविन्द देवकोटा तथा संयोजन शिव सुवेदीले गरेका थिए । कार्यक्रम सञ्चालिका निकिता आचार्यले गरेकी थिईन् । सो अवसरमा गायक रेखा शाह, ¥यापर निर्णय एनएसके श्रेष्ठ, बिग आईकन साजन आले, गण्डकी बी बोईङको प्रस्तुति रहेको थियो । सन् १९९५ बाट मिस पोखरा शुरु गरेको पोखरा जेसिजले यस वर्ष आठौं संस्करण गरेको हो । १९९५ मा शुरु भएपनि १९९९ पछि हुन नसकेको प्रतियोगिता २०१३ देखी पुनः शुरु गरिएको थियो । यस संस्करणको मिस पोखराको प्रायोजन जिओनी मोबाईलले गरेको हो ।



Post a Comment

 
Top