0
मर्दि हिमाल कृषि सहकारी संस्था लि. ल्वाङघलेल कास्कीको ११औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन बुधबार सम्पन्न भयो । अधिवेशनबाट संस्थाको अध्यक्षमा विश्वनाथ पराजुली, उपाध्यक्षमा महेश्वर दवाडी, कोषाध्यक्षमा चन्द्रमाया गुरुङ र सदस्यहरुमा विश्वलाल श्रेष्ठ, राजन बराल, नेत्र अधिकारी र प्रेमकुमारी गुरुङ निर्विरोध निर्वाचित भएका छन् । संस्थाको सचिव र एक जना सदस्य पछि मनोनित गरिने बताइन्छ । संस्थाको सल्लाहकार समितिमा दलबहादुर शेरचन, कुसुमकेशव पराजुली, वीरबहादुर काकी, सञ्जिव बहादुर कोइराला, विश्वशंकर पालिखे, सुन्दर अधिकारी र डिलकुमार भुजेल रहेका छन् भने लेखा समिति संयोजकमा टोप बहादुर थापा रहेका छन् । निर्वाचन समितिका संयोजक कुशुमकेशव पराजुली र संस्थाको कृषि संयोजक वीरबहादुर कार्कीका साथै सदस्य राजन बरालले संस्थाको गतिविधिका बारेमा जानकारी गराएका थिए । 
अधिवेशनको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले कृषि र पर्यटन विकास हुन सके देशको विकास हुने भन्दै आफू पनि उक्त संस्थाको सदस्य बन्ने प्रतिवद्धता जनाए । कार्यक्रममा अग्रज पर्यटन व्यवसायी हरिध्वज तुलाचनले पनि संस्थालाई सहयोग गरिरहने बताए । कुसुमकेशव पराजुली, वीरबहादुर कार्की, सुन्दर अधिकारी, डिलकुमार भुजेल र विन्दु थापासहितको टोलीले आल्मोण्ड स्टडी ग्रुपको स्थापन गरेपछि उक्त सहकारीको स्थापना गरिएको हो ।

Post a Comment

 
Top