0
गोल्डेन न्यूज संवाददाता
पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम कास्की, पोखरामा हालै मात्र आफ्नो सेवाको क्रममा सरुवा भई आएका पश्चिमाञ्चल क्षेत्रीय प्रशाशक खगराज बवरालकोे स्वागत तथा सम्मान कार्यक्रम लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा वुधवार सम्पन्न भयो । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रम अध्यक्ष त्रिपाठीले क्षेत्रिय प्रशाशकलाई कार्यकालको शुभकामना व्यक्त गर्दै विकासका लागि संघले अगाडि सारेका आर्थिक तथा सामाजिक विकासका निम्ति विभिन्न संघ–संस्थाहरुसंगको समन्वय र सहकार्यमा तालहरुको संरक्षण र प्रवद्र्धन, विद्युतको सिटि फिडर, इलाका प्रहरी कार्यालय डाडाकोेनाक स्तरबृद्धि, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, क्षेत्रीय वस टर्मिनल निर्माण, पोखरा अन्तर्राष्ट्रिय चिडिया घर निर्माण, मालपोत र नापी कार्यालयको स्थापना लगायत योजनाहरुलाई मुर्त रुप दिनका लागि आग्रह गरेका थिए । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रशाशक खगराज वरालले योजनाहरु बनाईने, बनेका राम्रा योजनाको कार्यान्वयन पक्षतर्फ ध्यान दिनुका साथै संवृद्धिका लागि निजी क्षेत्रको परिचालन अपरिहार्य भएको बताए। उनले वृहत्तर पोखराको अवधारणालाई अगाडि बढाउन व्यवसायीहरुको महत्वपूर्ण स्थान रहनु र कानून सम्ववतले प्रक्रियागत रुपमा बढन आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वावुराम गिरी, पूर्व अध्यक्ष सुमन भट्टराई, लेखनाथ नगरपालिकाका निमित्त कार्यकारी अधिकृत राममणि अधिकारी लगायतका विभिन्न संघ–संस्था, राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधि र संचारकर्मी लगायतले आ आफ्नो भनाई सहित शुभकामना आादान–प्रदान गरेका थिए । लेखनाथ उद्योग वाणिज्य संघका महासचिव छत्रधर आत्रेयले कार्यक्रम संचालन, प्रथम उपाध्यक्ष कृष्णहरि भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए ।



Post a Comment

 
Top