0
पारिजात बचत तथा ऋण सहकारी संस्थाले आफनो छैठौ बार्षिक साधारण सभाको अवसमार पत्रकार एकराज गिरी र सुरेन्द्र पौडेललाई सम्मान गरेको छ । पत्रकारीता मार्फत पोखराको विकास र सहकारी क्षेत्रका गतिविधिलाई संचार माध्यममार्फत समाजलाई सुसूचित गर्ने कार्यमा लागेको भन्दै सहकारीले सम्मान गरेको हो । पत्रकारद्वय गिरी र पौडेललाई पोखरा उद्योग बाणिज्य संघका महासचिव दामु अधिकारी र सहकारीका अध्यक्ष पदम गिरीले सम्मानपत्र र खादा लगाएर सम्मान गरेका थिए । पत्रकार गिरी पोखराबाट प्रकाशित हटलाईन दैनिक र गोरखपत्र दैनिकमा कार्यतरत छ भने पौडेल आर्थिक साप्ताहिक र आर्थिक अभियानमा कार्यरत रहेका छन्। यसैवीच सहकारीले गिता अधिकारीलाई सर्वोत्कृष्ट निक्षेपकर्ता र प्रकाश सार्कीलाई उत्कृष्ट कर्जा सदस्यका रुपमा समान गरेको थियो । उनीहरुलाई महासचिव अधिकारी र अध्यक्ष गिरीले सम्मानपत्र सहित सम्मान गरेका थिए ।


Post a Comment

 
Top