0
गोल्डेन न्यूज संवाददाता
पोखराको संगम क्लवको आयोजनामा शनिबारदेखि पाँचौं संस्करणको संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता २०७३ हुने भएको छ । माछापोखरी खेल मैदानमा ८ दिनसम्म संचालन हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको क्लवका अध्यक्ष शिव गुरुङ्ग (माया) ले बताए । उनका अनुसार प्रतियोगितामा ४७ टिमको सहभागिता हुने छ । उद्घाटन दिउँसो २ बजे पछि आर्टी टेनिङ सेन्टर बिरुद्ध डेविड फल्स क्लव बीच हुने भएको छ ।“लागूऔषध निर्मुल हाम्रो अभियान, समाज परिवर्तनमा युवा जागरण” भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगिताको उद्घाटन शिखर बहुउद्दश्य सहकारी संस्थाका अध्यक्ष एवं समाजसेवी रवि शर्माले गर्ने कार्यक्रम तय भएको क्लवले जनाएको छ । संगम, एल.जी, हङ्गकङ्गको मुख्य प्रायोजनामा संचालन हुने प्रतियोगितामा विजेता टिमलाई १ लाख २१ हजार १ सय ११ रुपैयाँ र दोश्रो हुने टिमलाई भने ६१ हजार १ सय ११ रुपैयाँ साथमा ट्रफी मेडल र प्रमाणपत्र वितरण गरीने भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्ने भएको छ ।  त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्टाईकर, उत्कृष्ट डिफेन्स र हाईस्कोररलाई जनहि दुई दुई हजार साथमा ट्रफि प्रदान गरीने भएको छ । शिखर बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष एवं समाजसेवि रवि शर्माले पहिलो पुरस्कार प्रायोजना गरेका छन भने मुख्य प्रायोजक संगम, एल.जी, हङ्गकङ्गले प्रतियोगिताका लागि ५ लाख ४३ हजार १७ रुपैयाँ आर्थिक सहयोग गरेकोे क्लवले जनाएको छ । त्यसै गरी सह–प्रायोजकको रुपमा संगम युके र संगम जापान रहेका छन । फुटवल खेलको विकास गराउने उद्देश्यले नेपालीहरुको महान पर्व वडा दशैं तथा शुभ दिपावलीको अवसरमा प्रतियोगितालाई निरन्तरता दिंदै आएको प्रतियोगिताका संयोजक सूर्य बहादुर गुरुङ्ग (राजु) ले बताए । २०६६ मा २० हजार प्रथम पुरस्कार राखेको क्लवले हरेक बर्ष पुरस्कार राशिमा बृद्धि गर्दै अघि बढेको छ । गत बर्ष विजेतालाइ ८० हजार थियो भने यस बर्षका विजेतालाई एक लाख २१ हजार १ सय ११ रुपैयाँ रहेको छ। प्रतियोगिता असोज २२ गतेसम्म संचालन हुनेछ ।








Post a Comment

 
Top