0
गोल्डेन न्यूज संवाददाता
नेपाल सरकारका सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले देश अहिले पनि जटिल मोडमा उभिएकाले सबै राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएर देशलाई दुर्घटना हुनबाट जोगाउनुपर्नेमा जोड दिएका छन् ।  प्रजातन्त्र संवद्र्धन केन्द्र्रको आयोजनामा शनिबार पोखरामा आयाजित ‘नेपालको पुनःनिर्माणमा प्रजातान्त्रिक समाजवाद दृष्ट्रिकोण’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संशोधनवाट मधेसी मोर्चालाई पनि सहमतिमा ल्याएर अहिलेको अप्ठ्यारो स्थितिको अन्त्य गर्नुपर्नेमा सबैसँग आग्रह गरे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री केसीले २०७४ माघ ७ गतेभित्र तीनवटै निर्वाचन गर्न सकेनाँै भने संविधान कार्यान्वयन हुँदैन र देश संविधानविहीन हुनेमा चिन्ता व्यक्त गरे। उनले भने–“हामी अहिले सबै एउटै डुङ्गामा छौँ, डुङ्गा दुर्घटना भयो भने हामी सबै पर्छौं । ‘यसबाट देशी तथा विदेशी प्रतिक्रियावादी खुसी हुनेछन् तर नेपाल र नेपाली जनतामा भने अरु धेरै चुनौती थपिने छन्”–उनले भने । उनले संविधान संशोधन हुने दस्तावेज हो तर जातीयता र क्षेत्रीयतामा विखण्डन आउने मूलभूत विषयबाहेक अरु धारालाई संशोधन गरेर देशलाई निकास दिन  सबै अग्रसर हुनुपर्नेमा जोड दिए।  मन्त्री केसीले पार्टी नेतामुखी भन्दा नीतिमुखी हुनुपर्छ भन्दै काँग्रेसलाई एक्लाउने खेल सुरु भएकाले यसमा कार्यकर्ताहरु सचेत हुनुपर्नेमा जोड दिए । पूर्व महामन्त्री तारानाथ रानाभाटले बिपीको आदर्श र विचारभन्दा फरक ढङ्गले पार्टी चलेको बताए । केन्द्रका अध्यक्ष जगदीश चन्द्र पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य जीवन परियार, गुरु घिमिरे, केन्द्रका उपाध्यक्ष डा यज्ञप्रसाद अधिकारी लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
नेपाली कांग्रेस पोखरा–१० को कार्

नेपाली कांग्रेस वडा एकाई समिति पोखरा–१० ले कार्यालय स्थापना गरेको छ। पार्टीका गतिविधि कार्यालय मार्फत अघि बढाउनका लागि पोखरा–१० खत्री चोकमा कार्यालय सञ्चालनमा ल्याएको हो। शनिवार आयोजित कार्यक्रमवीच सांसद शारदा पौडेलले कार्यालयको उद्घाटन गरिन्। कार्यक्रममा बोल्दै सांसद पौडेलले जनताको निर्देशन अनुसार आफुले काम गरिरहेको उल्लेख गरिन्। मैले मेरा लागि केहि गरेको छैन उनले भनिन्–‘जनताले जे गर भन्नुभएको छ जनताका लागि त्यहि गरेकी छु।’ कास्की कांग्रेसका सभापति कृष्ण केसीले आन्दोलन र क्रान्तिको समय सकिएकोभन्दै अवको एजेण्डा समृद्वि बनाउनुपर्नेमा जोड दिए। नेपाल महिला संघकी केन्द्रीय सदस्य तारा अधिकारीले महिलाले पाएको अवसरलाई उपयोग गर्नुपर्नेमा जोड दिईन्। नेपाल आदिवासी जनजाति संघ कास्कीका अध्यक्ष जितबहादुर गुरुङले निर्वाचन केन्द्रीत कार्यक्रम शुरु गरिहाल्नुपर्ने आवश्यकता औल्याए। कार्यक्रममा महाधिवेशन प्रतिनिधि देवेन्द्र शेरचन, मोहन गुरुङ, कास्की कांग्रेसका उपसभापति हरि आचार्य, जिल्ला सदस्यद्वय अनिता तिमिल्सिना, नवीन सिग्देल, क्षेत्र नं २ का सभापति माधव बास्तोला ‘मधु’, पोखरा नगर सभापति बजिरमान श्रेष्ठ, नेपाल महिला संघ कास्कीका सभापति कोपिला रानाभाट, क्षेत्रीय सदस्य क्या. फत्तबहादुर गुरुङ, क्षेत्रीय प्रतिनिधि राजकुमार गुरुङ, पोखरा–२१ एकाई सभापति बोधराज घिमिरे, नेपाल महिला संघ पोखरा–१० सभापति निशा मल्लले बोलेका थिए। त्यसअवसरमा पार्टीको विकास र विस्तारका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै जेष्ठ नागरिकहरु कप्तान कुलबहादुर गुरुङ, क्या. आँशु गुरुङ, मैता गुरुङ, डिल्लिराम भट्टराई, भुपति गौतम, जगतप्रसाद ध्वजु र दिव्यकुमारी पोखरेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। सांसद शारदा पौडेल र एकाई सभापति कृष्णबहादुर थापाले संयुक्त रुपमा उनीहरुलाई सम्मान गरेका थिए। नेपाली कांग्रेस वडा एकाई समिति पोखरा–१० का सभापति कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति राजेश गुरुङले स्वागत र सचिव निर्मला कार्की भण्डारीले सञ्चालन गरेकी थिईन्।
यालय स्थापना

Post a Comment

 
Top