0
गोल्डेन न्यूज संवाददाता
पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा–२६, चिसाखोला आश्रम कास्कीको १८औं साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि ज्योतिष शिरोमणि डा. बलराम उपाध्याय रग्मीले वैदिक सनातन धर्म र ज्योतिषको रक्षा गर्नमा वेद विद्याश्रमले चालेको कदमको प्रशंसा गर्दै आफूँले पनि सक्दो सहयोग गर्ने बचन दिए । उनले वैदिक धर्म र संस्कारको गलत व्याख्या भएको भन्दै सम्पूर्ण विज्ञान वेद वाट नै गएको र संसारको पूरानो ग्रन्थ भएको बताए ।कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शरद्कान्त सिग्देलले स्थापना कालदेखि नै आफूले सहयोग गर्दै आएको र आगामी दिनमा आफूँ र संलग्न संस्थाबाट वैदिक धर्मको संरक्षणका लागि सक्दो सहयोग गर्ने बताए । संस्थाका आजीवन सदस्य अर्जुन प्रसाद खनालले वेद र धर्मको रक्षाका लागि युवावर्ग नै अग्रसर हुर्नु पर्नेमा जोड दिए। विद्याश्रमका संस्थापक अध्यक्ष एवं मानार्थ प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले वेद विद्याश्रमको गतिविधि बताउँदै धर्म र संस्कृतिको संरक्षणमा सबै आफ्नो ठाउँबाट लागिपर्नु पर्नेमा जोड दिए । उक्त अवसरमा विद्यश्रमको प्रावधान अनुसार पाँच सय भन्दा माथि दान दिने दाताको नामावली सहितको दाता स्मारिका २०७३ पनि विमोचन गरिएको थियो । विद्याश्रमको विकासमा तन, मन, धन, बचनबाट सहयोग गर्ने दाताहरुलाई पनि सम्मान गरिएको थियो । वेद विद्याश्रममा स्थापित हरिसुरेन्द्र सुप स्मृति पुरस्कार, टीकारमा÷अवजनी कार्की स्मृति छात्रवृत्ति, गुणराज÷ सावित्रीदेवी स्मृति पुरस्कारद्वारा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । धर्मराज सिग्देलद्वारा स्थापित शैक्षिक पुरस्कारको समेत उक्त अवसरमा नै वितरण गरिएको थियो । रुद्रि तथा सन्ध्योपासन कण्ठस्थ बुझाउने मेधावि शिष्य प्रदिप पौडेललाई विद्याश्रमका प्रमुख संरक्षक अग्निहोत्री पं. केदारनाथ उपाध्यायद्वारा १ हजार ५०० रुपैयाँ र एक माना घ्यू प्रदान गरिएको थियो । प्र.अ. श्रीराम तिमिल्सिनाले प्रस्तुत गरेको चालू वर्षको नीति तथा कार्यक्रम सहितको अनुमानित बजेट ९४ लाख २८ अजार ८०० रुपैयाँको बजेट पारित गरि सम्पन्न भयो । विद्याश्रम कार्य समितिका का.वा. अध्यक्ष दुर्गाप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार हेरम्बप्रसाद कोइराला, विद्यालय व्यवस्थापन समितिका  अध्यक्ष मणिरत्न अधिकारी, दाता लोकनाथ दवाडी, दीपकराज घिमिरेलगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन विद्याश्रमका सचिव गंगासागर उपाध्यायले गरेका थिए ।

Post a Comment

 
Top