0
नेपालकै पहिलो मल्टिव्राण्ड स्मार्टफोन चेनस्टोर एपेक्स डिजिटलको शाखा पोखराको सिदार्थचोकमा मंगलबारदेखि सञ्चालनमा आएको छ । पोखरा शाखाको उद्घाटन पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रविन्सन प्रजुले गरेका थिए । कार्यक्रममा बोल्दै उनले एपेक्सले पोखरेली ग्राहकको मन जित्नेमा आफू विश्वस्त रहेको बताए । युवा व्यवसायी पुष्कर घिमिरे, प्रदिप धामी र प्रज्ञा तिमिल्सिनाको संयुक्त लगानीमा यो सञ्चालनमा आएको हो । एपेक्स ग्रुप अन्तर्गत संचालनमा रहेको एपेक्स डिजिटलको मुख्य कार्यालय काठमाण्डौँको नक्सालमा रहेको छ । एपेक्स डिजिटलले ग्राहकको सुविधालाई मध्यनजर गर्दै शाखा सञ्चालको अवसरमा हातखाली नजाने पुरस्कार राखेको छ । जस अनुसार हरेक मोवाइलको खरिदमा ५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । हरेक शाखामा एकजना ग्राहकलाई ३२ इन्चको टिभि तथा बम्पर पुरस्कार स्वरुप नेपालभरका शाखाका ग्राहक मध्ये एकजना लक्कि ग्राहकलाई स्कुटर प्रदान गरिने प्रमुख कार्यकारी निर्देशक पुष्कर घिमिरेले बताए । यसका अतिरिक्त प्रत्यक खरिदमा टेम्पर ग्लास, व्याक कभर र ९ देखि १३ हजारसम्मको खरिदमा पर्फुम दिइनेछ । यो योजना पौष १५ गते सम्म जारी रहनेछ । आइ फोन, सामसुङ, जिओनी, लिनभो लगायतका कम्पनिका स्मार्टफोन एपेक्सले उपलब्ध गराउदै आएको छ । ग्राहकलाई स्मार्टफोनको बारेमा राम्रोसँग जानकारी दिने र सुपथ मुल्यमा ब्राण्डेड सामान उपलब्ध गराउने कम्पनिको उद्देश्य रहेको उनले बताए । तीन महिनामा नेपालका विभिन्न शहरमा २० ठाउँमा सेवा विस्तार गर्ने र एक वर्षमा ४० ठाउँमा सेवा विस्तार गर्ने लक्ष्य कम्पनिको रहेको छ । मंगलबार मात्र काडमाडौँको  पाको न्युरोड, ठिमी, दमक, धरान र पोखरा गरी पाँच शाखा सञ्चालनमा आएका छन् ।

Post a Comment

 
Top