0
गोल्डेन न्यूज संवाददाता
पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष विश्वशंकर पालिखेसहितको टोलीले जनतासँग प्रत्यक्ष सरोकार राख्ने पोखरा उप–महानगरपालिका, विद्युत प्राधिकरण, सडक डिभिजन र खानेपानी संस्थानमा पुगेर सेवा प्रवाहको बारेमा ध्यानाकर्षण गराएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पोखरेली जनातालाई स्वच्छ पिउने पानी उपलब्ध गराउनको साथै वितरण प्रणालीको बारेमा खानेपानी संस्थालाई ध्यानाकर्षण गराएको बताए । उनले दसैं र तिहारमा लोडसेडिङ कम गर्न र पोखरालाई लोडसेडिङ मुक्त बनाउने बारेमा विद्युत प्राधिकरणसँग छलफल गरिएको बताए ।  बिग्रेका सडक मर्मत सम्भार गर्न आग्रह गर्दै सडक सुरक्षाको बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको उनको भनाइ छ । पोखराको दिर्घकालिन पूर्वाधार विकासमा जोड दिनुका साथै नगरपालिकाले दैनिक प्रभाह गर्ने  सेवालाई प्रभावकारी बनाउन पोखरा उपमहानगर पालिकालाई आग्रह गरिएको उनले जानकारी दिए । पालिखे पोखराको दीर्घकालिन विकास र जनताका आधारभूत आवश्यकतालाई सर्व शुलभ बनाउन लागि विभिन्न संघ संस्थासँग सहकार्य गरेर अगाडि बढ्ने बारेमा छलफल गरिएको बताए । चार वटै सरकारी कार्यालयले आफूहरुले गराएको ध्यानाकर्षणलाई सकारामत्क रुपमा लिएको पालिखेको भनाइ छ । टोलीमा अध्यक्ष पालिखे, उद्योगतर्फका उपाध्यक्ष गोर्कण कार्कीसहित कार्यसमितिका सदस्यहरु सहभागी थिए । 

Post a Comment

 
Top