0
नेपाली कांग्रेस पोखरा–७ ईकाईका पूर्वसदस्य नीलकण्ठ बराल निधन भएको १३औं दिनको पुण्य तिथिमा मंगलबार श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । श्रद्धाञ्जली सभामा वोल्दै नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाल टे«ड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष रामजी कुँवरले वरालको निधनले सच्चा प्रजातन्त्रिक योद्धा गुमाएको बताए। उनले देशमा अझैपनि प्रजातन्त्र कमजोर रहेको वेला भएको वरालको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको बताए । पार्टीले संधै वरालको योगदानको मूल्यांकन गर्नुपर्ने भनाई नेता कुँवरको छ ।  नेपाली कांग्रेस पोखरा नगर सभापति वजिरमान श्रेष्ठले वराल जस्तो असल र ईमान्दार कार्यकर्ता गुमाउँदा पार्टीलाई क्षति पुगेको बताए। नेपाली कांग्रेस पोखरा वडा नं ७ का ईकाई सभापति नविनराज वरालको सभापत्विमा भएको श्रद्धाञ्जली सभामा क्षेत्र नं ३ का पूर्व क्षेत्रीय सभापति शोभाचन्द्र बराल, नेपाल प्रेस युनियन कास्कीका पूर्वअध्यक्ष हेमराज बराल, पोखरा नगर सचिव सरोजनारायण बराल, नेपाली कांग्रेस पोखरा वडा नं ६ का ईकाई सभापति वलराम गिरी, नेपाल रेडक्रस सोसाईटी पोखरा ७ का सभापति ठाकुर बराल, ईकाइ सचिव अनन्त पण्डित, स्व.वराली जेठी छोरी शान्ति बराल सिग्देल, भोजराज बराल लगायतले स्व. बरालको योगदानको सम्झना गरेका थिए ।  स्व. बराल नेपाली किसान संघ पोखरा–७ का पूर्वसभापति, पुस्करेश्वर शिव मन्दिर व्यवस्थापन समिति सदस्य, माता मनकामना आरोग्य केन्द्रको संस्थापक, वालवाटिका मन्टेश्वरीको संस्थापक, वंगलादी टोल विकास संस्थाको सल्लाहकार लगायत विभिन्न समाजिक तथा धार्मिक संघ–संस्थामा रही समाजसेवा गर्दै आएका थिए।

Post a Comment

 
Top