0
अनसनरत डा. गोविन्द केसीका मागहरुको समर्थनमा तथा सांसदहरुको तलब भत्ता वृद्धिको विरोधमा पोखराको चिप्लेढुङ्गामा बुधबार संकेतिक बिरोध कार्यक्रम सम्पन्न भयो । डा. गोबिन्द केसी मृत्यु र जीवनको दोसाँधमा रहेका बेला उनको माग पुरा गर्नको सट्टा सांसदहरुको तलबभत्ता वृद्धि अनुचित भएको भन्दै ‘सोलिडारिटि फर डा. गोबिन्द केसी अलायन्स’ पोखराका अभियान्ताहरुले पागल ब्याण्ड लगाई भ्रष्टचार विरुद्ध नारा लगाएका थिए। सांसदहरु जनादेशको बेवास्ता गर्दै आफ्नै फाईदाका लागि जुटेको अवसरमा सर्वसाधरणबाट १ रुपैयाँका दरले पैसा संकलन गरी जम्मा २५२ रुपैयाँ  जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई बुझाउने अभियान्ताहरुले बताएका छन्।  कार्यक्रममा माथेमा आयोगको प्रतिवेदन तथा डा गोबिन्द केसीका मागको बारेमा प्रकाश आचार्यले सर्वसाधरणलाई जानकारी गराएका थिए। मानव अधिकारवादी अभियान्ता टेकनाथ बराल, सामाजिक अभियान्ता तथा नागरिक समाजका अगुवा रामबहादुर पौडेल तथा समाजसेवी बिष्णु बराल लगायतले भ्रष्टचार बिरुद्ध र डा केसीको आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए। कार्यक्रममा गुरु बरालले केसीको आन्दोलन तथा व्यक्तित्वको वारेमा कविता वाचन गरेका थिए। सरोज गौतम, सौगात पोखरेल, मिलन सुवेदीले दवाव कार्यक्रममा आफ्ना धारणा राख्दै विसङ्गति विरुद्ध युवालाई जुट्न आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन युवा अभियान्ता सङ्गीत लामिछाने गरेका थिए। कार्यक्रमको संयोजक राजाराम केसीले यस्ता अभियानलाई निरन्तर दिंदै भ्रष्टचार विरुद्ध लडिरहने बताए ।




Post a Comment

 
Top