0
गोल्डेन न्यूज संवाददाता
व्राम्हमाण समाज पोखरा नगर समितिले विजया दशमी तथा शुभादिपावली–२०७३ को अवसरमा शुभकामना आदान–प्रदान सम्पन्न गरिएको जनाएका छन् । समितिका अध्यक्ष चिरञ्जिवी वरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि व्राम्हमाण समाज नेपालका संस्थापक अध्यक्ष प्रा.डा. नारायणप्रसाद अधिकारीले समाजलाई अगाडि बढाउन सवैको सक्रियता आवश्यक रहेको बताए । उनले व्राम्हमाणहरुको हकहित र राष्ट्रमा स्थापित गराउन समाजले रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए । कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष महेश पराजुली, केन्द्रीय सदस्य वलराज पौडेल, नगर समितिका सल्लाहकार थानेश्वर पोखरेल, नगर समितिका सचिव वसन्तराज कोइराला, कोषाध्यक्ष लोकनाथ भण्डारी, जिल्ला सदस्य बलराम ढुङ्गाना, नगर समितिका सदस्य शुभद्रा कोइराला, समाज वडा नं. १ का अध्यक्ष माधवप्रसाद पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए । यसैगरी शुभकामना महिला विकास केन्द्र पोखराले पनि शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना ग¥यो । संस्थाकी अध्यक्ष भवानी माकाजूको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशक मिथिला मल्ल, संस्थापक अध्यक्ष तीर्थ श्रेष्ठ, सल्लाहकार पदम माकाजू, पूर्व अध्यक्ष दुर्गादेवी लामिछाने, सदस्य निर्मला लामिछाने लगायतले शुभकामना आदान–प्रदान गरेका थिए । उक्त अवसरमा कौशिल्या गुरुङले स्वागत र सह–सचिव सविता शर्मा पराजुलीले कार्यक्रम संचालन गरेकी थिइन । यसैगरी चाडवाडको समयमा सडक दुर्घटना बढि हुने हुँदा मादक पद्धार्थ सेवन गरि सवारी नचलाउन पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले आग्रह गरेका छन् । लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले वडादशैं, दिपावली, छठ तथा नेपाल संवतको अवसर पारेर पोखरामा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वडा प्रहरी कार्यलय बैदामका प्रमुख प्रहरी निरिक्षक मोहनमणि अधिकारीले सडक दुर्घटनाको तथ्यांक अन्य बेलाको भन्दा चाडपर्वका बेला बढि हुने गरेको बताए। उनले दुर्घटनाका कारण अनाहकमा ज्यान गुमाउनु वा अंगभंग हुनुभन्दा सावधानी अपनाउनका लागि आग्रह गरे । क्लबका अध्यक्ष सुदिप पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ वि वानका रिजन चियरपर्सन सुदिपराज ढुङ्गानाले चाडपर्वको मौलिकताको जगेर्ना गर्नुपर्ने बताए । कार्यक्रममा लायन्स क्लब अफ पोखरा पिस हिमायल सिटीका अध्यक्ष भोजराज बराल, लायन्स क्लब अफ पोखरा दोभानका अध्यक्ष शोभा पाण्डे, लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका द्वितीय उपाध्यक्ष निरन केसी, तृतीय उपाध्यक्ष विनय थापा, सचिब सन्जयकुमार मल्ल, सहसचिव निरज पन्त, कोषाध्यक्ष एकराज गिरी, राजु कँुवर, अर्जुन केसी, दिपक थापा, किसन गिरी, दमनजंग राणा, सुदिप गुरुङ्ग, पदम पाण्डे, डा. राजन बस्नेत लगायतले शुभकामना दिएका थिए ।  

Post a Comment

 
Top