0
राजाराम पौडेल÷गोल्डेन
पचासको दशकमा नेपाली साँगीतिक क्षेत्रको मेरुदण्डको रुपमा रहेका पोखरेली गायक कर्णदासले दश वर्ष पछि पाँचौ एल्बम ‘एउटा नयाँ आशा’ लिएर आएका छन् । एल्बमको विमोचन कर्णदासकी आमा रत्नदेवी, कलाकार सरोज खनाल, साहित्यकार प्रकास सायामी र म्युजिक नेपालका अध्यष सन्तोष शर्माले गरेका थिए । विमोचन कार्यक्रममा एल्बममा समावेश ‘हाम्रो नेपाल’ गीतको म्युजिक भिडियो समेत रिलिज गरिएको थियो । दशवर्ष अमेरिका पलायन भएका उनी गत वर्ष नेपाल फर्किएसँगै नेपाली साँगीतिक फाँटमा पुनः सक्रिय हुन थालेका हुन् । आफु नेपाल आशै आशा बोकेर फर्किएकोले एल्बमको नाम समेत एउटा आशा राखेको उनले बताए । एल्बममा पुरानो धारका गीत भएपनि नयाँपन दिन खोजेको उनको भनाइ छ । यस एल्बममा आफ्नो लागि, तिम्रो मेरो, संग्लो संग्लो, एउटा मुटु, कसैले सोधेन, फूलेको, फूलको थुंगा, आफ्नो लागि, शान्त मनको तलाउमा, यस्तो थियो कथा एउटा, बोज नहोस् मेरो माया र एउटै मान्छे गरि कुल १२ गीत समावेश छन् । यी गीत मीनबहादुर बोहरा, दिनेश अधिकारी, विवेक मल्ल, रञ्जना थापा, सञ्जु थापा, रमन श्रेष्ठ, चन्द्रा केसी, गंगाराज मुकाुरुङ, उत्तम बाउकाजीको शब्द छ भने कर्ण दास, राजु सिंह, सचिन सिंह, सन्तोष रामदाम र सञ्जु थापाले संगीत भरेका छन् । तिम्रो मेरो गीतमा अञ्जु पन्त र आफ्नो लागि गीतमा श्रृष्टि गुरुङले कर्णदासलाई साथ दिएका छन् । अमेरिका पलायन हुदाँ भोग्नु परेको पिडा दुःख सम्झदै दास भावुक बने । अब भने निरन्तर यात्रा अगाडि बढाउने उनको वाचा छ । एल्बमलाई म्युजिक नेपालले बजारमा ल्याएको हो ।
को हुन् त कर्णदास ?
 
वि.स.२०५३ सालमा ‘जिन्दगीको के भरोसा’ बोलको गीतबाट डेब्यू गरेका कर्णदासलाई साथीहरुले तिम्रो स्वर राम्रो छ भन्न थाले । यसबाट उत्साहित बनेका उनले साथीहरुसँग मिली मध्यान्न ब्याण्ड स्थापना गरे । २०५३ व्याण्डमार्फत् ‘मध्यान्न–१’ नामक एल्बम श्रोतामाझ पस्किए । यस एल्बमबाट मध्यान्न समूह र कर्णदासको चर्चा नेपाली साँगीतिक फाँटमा चुलीन पुग्यो । त्यसपछिका उनका गीत एकपछि अर्को चर्चाको शिखर चुमे । ‘मध्यान्ह–१’ लाई श्रोताले औधी रुचाएपछि विभिन्न साँगीतिक कार्यक्रममा समेत यो समूहको माग हुन थालेको थियो । साँगीतिक फाँटमा संघर्ष गर्न काठमाडौं हानिएका यो समूहका सदस्यहरुले श्रोता शुभचिन्तकको राम्रो साथ पाए ।
पहिलो एल्बमबाट पाएको सफलतासँगै दोस्रो एल्बम निकाल्न हौसीएको यो समूहले २०५४ मा ‘मध्यान्न–२’ नामक एल्बम बजारमा ल्यायो । यस एल्बमबाट कर्णदासको लोकप्रियता बढेर गयो । यसरी श्रोता दर्शक तथा शुभचिन्तकबाट पाएको सर्पोटसँगै उनले २०५६ मा पहिलो सोलो एल्बम ‘बेर्थै फेरी’ बजारमा ल्याए यसबाट उनी सोलो गायकको रुपमा समेत स्थापित बन्न पुगे । हरेक एल्बमबाट पाएको सफलता सँगै उनको चर्चा अनि व्यस्तता बढेर गयो विभिन्न चलचित्रका गीत राष्ट्रभावले ओतप्रोत लगायत सबै विधाका गीतमा आफ्नो सुमधुर आवाज भर्न भ्याए । सबै विधाका गीतको माध्यमबाट उनले श्रोताको राम्रो साथ पाए ।
पुनः तेस्रो एल्बम ‘मध्यान्न–३’ निकाले । यो एल्बमले समेत यो समूहको लोकप्रियता बढ्न पुग्यो । यसपछाडि भने उनले समूहलाई निरन्तरता दिन सकेनन् । सोलोगायककै रुपमा क्यारीएर अगाडि बढाउने निर्णय गरे फलस्वरुप २०५९ मा दोस्रो सोलो एल्बम ‘पुरानो डुङ्गा’ मार्फत निरुन्तरता दिए ।
दुई वर्षको अन्तरालमा तेस्रो सोलो एल्बम ‘आधा सपना’  श्रोतामाझ पस्किए । २०६३ मा ‘प्रित’ नामक चौथो सोलो एल्बम बजारमा पस्केका थिए । झण्डै १२ सय गीतमा आवाज उनले भरीसकेका छन् । झण्डै दश वर्ष एल्बम बजारमा ल्याउन नसकेपनि अब भने व्याण्ड र सोलो गायन दुवैलाइ सँगसगै अगाडि बढाउने योजना उनले बनाएका छन् । मध्यान्न समुहलाई पनि निरन्तरता दिनका लागि व्याण्डका साथीहरु सँग कुरा भैरहेको उनले बताएका छन्। ‘सबै व्याण्ड मेम्बरहरु फाइनान्सीयल रुपमा सक्षम भएकोले पनि निरन्तरता दिन सहज हुने छ’ उनले भने ।
कर्णदासको बाल्यकाल
कास्कीको निर्मलपोखरीमा जन्मिएका कर्णदासको बाल्यकाल भारतका विभिन्न शहरमा बित्यो । बुबा इन्डियन आर्मीमा भएकोले पनि बुबा जहाँ जहाँ जानुभयो उहि जानुपर्ने थियो । तीन र चार कक्षा भने गाउँकै जनचेतना मा.वि. र आठ कक्षा पोखराको नवप्रभातमा पढेका उनको हाइस्कुलको पछिल्लो समय दिल्लीमा बित्यो । त्यहाँ बस्दा म्यूजिक कक्षामा समेत सामेल भएका उनले गिटार बजाउन त्यस समयमै सिक्ने मौका पाएका थिए ।
कर्णदासले प्राप्त गरेका पुरस्कार सम्मान ः कर्णदासलाई हाल सम्म थुर्पै संघ–संस्था मार्फत सम्मान समेत गरीसकेका छन् ।
 
२०५४ मा आयोजित माछापुच्छ«े म्युजिक कन्टेस्टमा मध्यान्न समूहबाट व्यस्ट व्याण्ड, व्यस्ट लिरिक्स र वेस्ट भोकलमा बाजी मारेका थिए । हिट्स एफ एमले आयोजना गरेको हिट्स एफ एम म्यूजिक अवार्ड २०५५ मा रेकर्ड अफ द एयर र वेस्ट पर्फमेन्स फर ग्रुप, २०५६ मा वेस्ट पर्फमेन्स फर गु्रप, २०५८ मा वेस्ट भोकल पर्फमेन्स, २०५९मा वेस्ट भोकल पर्फमेन्स, २०६० मा वेस्ट भोकल पर्फमेन्स र रेकर्ड अफ द एयर प्राप्त गरीसकेका छन् । सानमिगल म्युजिक अर्वाड २०५७ मा वेस्ट भोकल पर्फमेन्स अवार्ड हात पारेका उनले माछापुच्छ«े एफ एम अर्वाड २०५९ मा बेस्ट सङ तथा बेस्ट भोकल, नेपाल जेसिसको वेस्ट युथ अफ द एयर अवार्ड बोस्टन कलेज अफ लन्डनको लङ टाइम आउटस्टान्डिङ एचिभमेन्ट एज नेपाली सिङ्गर अवार्ड आठौ इमेज अवार्डमा वर्षको उत्कृष्ट गायक सहित तीन विधामा अवार्ड जितीसकेका छन् । कर्णदासको अबको योजना कर्णदासले अब साँगीतिक क्षेत्रमा पुनः निरन्तरता दिनेछन् । लामो समय अमेरिका रहे पनि आफ्नो क्रेज नघटेकोले पुनः स्थापित हुन सहज हुने कर्णदासको विश्वास छ । ‘मेरो क्रेज कतिपनि घटेको छैन’ उनले थपे ‘अमेरिकामा रहदाँ पनि विभिन्न साँगीतिक कार्यक्रममा सहभागीता जनाइ सक्रिय भएको थिए ।’ यस्का अलावा फोन र सामाजिक सञ्जाल माार्फत सधै दर्शक श्रोताको साथमा भएकोले अमेरिकामा रहदाँ समेत श्रोता दर्शकको मायामा कुनै कमि नआएको उनको तर्क छ । ‘अहिलेसम्म श्रोताको उस्तै माया पाएकोले नै नेपाल फर्कीएर आएको हुँ’ उनले भने । यो क्षेत्रमा निरन्तरता दिए पनि आफु व्यापारिक हिसाबले पैसा कमाउनका लागि साँगीतिक क्षेत्रमा पहिला पनि नलागेको र अब पनि नलाग्ने उनले प्रष्ट पारेका छन् । ‘म कर्मसियल रुपमा यो क्षेत्रमा पहिला पनि लागेको थिइन अब पनि लाग्ने छैन’ । साँगीतिक क्षेत्रको निरन्तरतासँगै अब छोराहरुसँग सल्लाह गरेर नयाँ क्षेत्रमा लगानी गर्ने सोचमा आफु रहेको कर्णदास बताउँछन् । समय अनुसारका गीत दर्शक श्रोतामाझ निरन्तर पस्कीएर दर्शक श्रोताको साँगीतिक तृष्णा मेटाउने योजना उनले बनाएका छन् ।
प्रतिक्रियाका लागि ः



Post a Comment

 
Top