0
चालु आर्थिक वर्षको २ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेपमा सामन्य वृद्धि भएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार २ महिनामा निक्षेप परिचालन १.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा ०.९ प्रतिशतले बढेको थियो । वाणिज्य बैंक र वित्त कम्पनीको निक्षेप क्रमशः १.४ प्रतिशत र ०.६ प्रतिशतले बढेको छ भने विकास बैंकहरूको निक्षेप ०.४ प्रतिशतले घटेको छ । बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.९ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको ३.८ प्रतिशत, विकास बैंकहरुको २.२ प्रतिशत र वित्त कम्पनीको १.७ प्रतिशत बढेको छ । कृषि क्षेत्रमा ४.२ प्रतिशत, औद्योगिक उत्पादनमा २.४ प्रतिशत, निर्माण क्षेत्रमा ४.३ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा ३.९ प्रतिशत, सेवा उद्योगमा ३.६ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवामा ४ प्रतिशत कर्जा प्रवाह बढेको राष्ट्र बैंकले जनाएको छ ।
 
भदौसम्म बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६०.६ प्रतिशत घर जग्गाको धितोमा र १५.२ प्रतिशत चालू सम्पत्ति कृषि तथा गैर–कृषिजन्य वस्तु को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ५९.४ प्रतिशत र १२.९ प्रतिशत थियो । दुई महिनामा राष्ट्र बैंकले ८५ अर्ब ५ करोड तरलता प्रशोचन गरेको छ । यसमध्ये, पटक–पटक गरी निक्षेप बोलकबोलमार्फत् ३१ अर्ब ५० करोड र ब्याजदर कोरिडर अन्तर्गत दुई हप्ते निक्षेप बोलकबोल मार्फत् २६ अर्ब ४५ करोड रुपैयाँ समेत र रिभर्स रिपोमार्फत् टर्नओभरको आधारमा  ५३ अर्ब ५५ करोड तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप बोलकबोलमार्फत ५७ अर्ब २५ करोड र रिभर्स रिपोमार्पmत  २१ अर्ब ३० करोड र सोझै बिक्री बोल–कबोलमार्फत् ९ अर्ब १० करोड तरलता प्रशोचन भएको राष्ट्र बैंकले जनाएको छ । यस्तै उत्पादनशील क्षेत्रतर्फ लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्रुयाउने उद्देश्यले सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग बढेको छ । समीक्षा अवधिमा साधारण पुनरकर्जा  १ अर्ब ६१ करोड ५२ लाख र निर्यात कर्जा  ३७ करोड ४४ लाख गरी कुल १ अर्ब ९८ करोड ९६ लाख रुपैयाँ पुनरकर्जा उपयोग भएको छ । अघिल्लो वर्षको सोही अवधिमा साधारणतर्फ ६१ करोड ८० लाख र निर्याततर्फ  ५ करोड ३० लाख गरी कुल ६७ करोड १० लाख रुपैयाँ पुनरकर्जा उपयोग भएको थियो ।  यस्तै , भूकम्प पीडितलाई राहत प्रदान गर्न शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत भदौसम्म ११ करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । वाणिज्य बैंकले उत्पादनशील क्षेत्रमा कुल कर्जाको २० प्रतिशत लगानी गर्नुपर्ने नीतिगत व्यवस्था रहेकोमा भदौ मसान्तसम्म बैंकको यस्तो कर्जा अनुपात १६.६३ प्रतिशत पुगेको छ । वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएको मर्जर÷प्राप्ति नीति कार्यान्वयनमा आएसँगै मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल हुने बैंक तथा वित्तीय संस्थाहरूको संख्या बढ्दै गएको छ । भदौसम्म ११८ वटा बैंक तथा वित्तीय संस्था मर्जररप्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये ७७ वटा संस्थाको इजाजत खारेज भई कुल ४१ संस्था कायम रहेका छन् । यसैबीच गत साउनदेखि गिरावट आएको शोधनान्तरको अवस्था भदौमा पनि घाटामा छ । चालु आर्थिक वर्षको भदौमा शोधनान्तर साढे ३ अर्ब रुपैयाँ घाटामा गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको दुई महिनामा ३१ अर्ब ८८ करोड रुपैयाँ बचतमा थियो । व्यापार घाटा र वैदेशिक लगानीको लाभांश भुक्तानी उल्लेख्य बढेको र वैदेशिक अनुदान घटेका कारण सोधनान्तर घाटामा गएको हो । 

Post a Comment

 
Top