0
लायन्स क्लव अफ पोखरा मुनालको नयाँ कार्यसमितिको पदस्थापन भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा ज्ञानेन्द्रराज कोइराला रहेका छन् । नयाँ पदाधिकारीलाई पदस्थापन लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालका गभर्नर बालकृष्ण बुर्लाकोटीले गराएका थिए । उक्त अवसरमा बोल्दै बुर्लाकोटीले समाज सेवाका हिसावले लायन्स विश्वकै उत्कृष्ट संस्था भएको बताए । कार्यक्रममा पूर्व मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठ, निवर्तमान गभर्नर ध्रुवबहादुर थापा, फष्ट भाइस डिष्ट्रिक्ट गभर्नर धनराज आचार्य, रिजन चियर पर्सन तेजनारायण पराजुली, जोन चियर पर्सन विधाता द्वा, डिष्ट्रिक्ट एडभाइजर दुर्गा प्रसाद हुमागाइँ लगायतले बोलेका थिए । क्लवले पोखराको सितापाइला स्थित पोखरा वृद्धाश्रममा पुनः २ वर्षसम्म निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गर्ने भएको छ । उक्त कार्यक्रम प्रत्येक महिना गरिने क्लवका पूर्व अध्यक्ष समेत रहेका रिजन चियर पर्सन तेजनारायण पराजुलीले बताए । यसै अवसरमा आयोजित स्वास्थ्य परीक्षणमा पोखरा वृद्धाश्रमका लागि ३ सय अमेरिकी डलर पोखरा–१८ स्थित बात्स्यायन वृद्धाश्रमका लागि १ सय रुपैयाँ डलर सहयोग प्रदान गरिएको थियो भने विद्यार्थी सुजित बानिया र एरी आचार्यलाई ३१ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा क्लवका शिक्षा निर्देशक जगन्नाथ तिमिल्सिना र जोन चियर पर्सन विधाता द्वाले बोलेका थिए ।




Post a Comment

 
Top