0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका कार्यालयले यो वर्ष पनि हाटबजार कर नउठाउने निर्णय गरेको छ । गत वर्ष भूकम्प र नाकाबन्दीको कारण भेडाच्याङ्ग्राको हाट बजार कर उठाउने ठेक्का दिएको थिएन । यो दशंै तिहारमा पनि नागरिकको माग अनुसार हाट बजार करको ठेक्का नदिने निर्णय गरिएको पो.उ.म.न. पाका कर अधिकृत शिवहरी शर्माले बताए । हाट बजार ठेक्कामा दिंदा तोकिए भन्दा बढी कर उठाएर नागरिकलाई ठगी गर्ने गरिएको सन्दर्भमा व्यापक जनगुनासो आएकोले यो वर्ष पनि हाट बजार कर नलिने निर्णय गरिएको बताइएको छ । पोखरा उपमहानगरपालिकाको वडा नं. १ देखि २९ वडासम्म भेडा च्याङ्ग्राको हाट बजार वा बाटो कहि पनि कुनै कर शुल्क लिन नपाइने र कहि कसैले लिएको खबर पाइएमा नियमानुसार कडा कार्बाही गरिने पोउम नगरपालिकाका कानुन अधिकृत नारायण शर्माले बताए । स्थानीय स्वायत्त साशन ऐन २०५५ र नियमावली २०५६ अनुसार हाट बजार कर लिन पाउने प्रावधान भएपनि नागरिकको हितको लागि हटाइएको उनले बताए ।








Post a Comment

 
Top