0
दोस्रो लाहाचोक त्रिशक्ति युनाइटेड खुल्ला सेभेन ए साइड कप फुटवल प्रतियोगिता शुरु भएको छ । खेल २२ गतेसम्म लाहाचोकको महेन्द्र मा.विको खेलमैदान हुनेछ । प्रतियोगिता अन्तर्गत उद्घाटन सत्रको पहिलो खेलमा शितलादेवी र हेमजा युनाइटेड ए बीचमा भएको थियो । निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि ट्राइवेकरमा हेमजा युनाइटेडले शितलादेवीलाई २–० ले पराजित गरेको छ । त्यसैगरी दोस्रो खेलमा हेमजा युनाइटेड बी ले ढिकुरपोखरी क्लवलाई २–१ अन्तरले पराजित ग¥यो भने तेस्रो खेलमो के. बी गाईज हेमजाले जे एम वाईलाई ३–० अन्तरले पराजित गरेको थियो । कार्यक्रम उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति अध्यक्ष यमबहादुर गुरुङले सम्भव भएसम्म क्षेत्रफल पुगेसम्म सेभेन ए साइड भन्दा इलाभेन ए साइन खेल खेलाउन नै उत्तम हुने बताएका थिए। प्रतियोगितामा प्रथम हुने टिमले नगद ५१ हजार १ सय ११ रुपैयाँ र द्वितीय हुने टिमले नगद रु २५ हजार ५ सय २५ को साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी खेल समयावधि भरकै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, अनुशासित टिमलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा एमाले क्षेत्र न ं ४ अध्यक्ष विष्णु के.सी, नेपाली काँग्रेस गाँउ इकाई सभापति मधुसुधन अधिकारी, एमाले क्षेत्रीय सचिवालय सदस्य पूर्णबहादुर शाही, नेकपा माओवादी केन्द्र गाँउ पार्टी अध्यक्ष नारायण प्रसाद अधिकारी लगायतले बोलेका थिए। खेल तालिका अनुसार भोलीको खेलहरु लाहाचोक त्रिशतिmका विरुद्ध अकुँरा युवा क्लव घाचोक, नेपाली सेवा समाजका विरुद्ध सेभेन स्टार, हयाप्पी फुटवल क्लव विरुद्ध लाहचोक त्रिशक्ति युनाइटेड बी, विष्णुपादुका विरुद्ध नमुना युवा क्लव र हेमजा युनाइटेड सी विरुद्ध धारापानी क्लव बीच खेल हुने खेल संयोजक पानबहादुर जि.सीले जानकारी दिए।





Post a Comment

 
Top