0
गोल्डेन न्यूज संवाददाता
सामाजिक जागरणका लागि नारी अभियानको टोली पशुवलीप्रथा विरुद्ध सचेतना जगाउँदै विश्व शान्ति स्तुपामा पुगेको छ । ग्रामिण पर्यटनको प्रवद्धन गरौं, कुरिति कुसंस्कार हटाई शुसव्य समाजको निर्माण गरौं भन्ने उद्घोषका साथ कार्यक्रम गरिएको आयोजकले वताए । कास्कीलाई पशुवली प्रथा मुक्त जिल्लाका रुपमा चिनाउन पहल गर्नुपर्ने, वुद्ध जन्मेको देशमा मठ मन्दिरहरुमा हिंसा गर्न नहुने सन्देशका साथ थालिएको अभियानमा अभियानको टोली तथा विभिन्न क्षेत्रका महिलाहरुको सहभागिता रहेको थियो । टोलीले पोखराको चर्चित धार्मिक पर्यटकीय स्थल तालवराही मन्दिर हुँदै ढुङ्गा चढेर पुम्दीभुम्दी रानीवन हुँदै शान्ति स्तुपामा सचेतनामूलक व्यानर टासी फेरी रानीवन हुँदै वाराही घाटसम्म पदयात्रा गरिएको थियो । कार्यक्रमको समापन गर्दै अभियन्ता सुष्मा पौडेलले पशुवलीप्रथा समाजको कुरीति भएको भन्दै तुरुन्त अन्त्य गर्नुपर्ने र कास्कीलाई पहिलो पशुवलीमुक्त जिल्लाका रुपमा घोषणा गर्नुपर्नेमा जोड दिइन् । उनले शान्ति स्तुपामा आएर पोखरा शान्त छ पशुवलीप्रथा अत्य हँुदैछ भन्ने सन्देश दिन शान्ति पदयात्रा कार्यक्रम गरिएको बताइन् । कार्यक्रममा कार्यक्रम संयोजक उशा गोशेलीले स्वागत गरेकी थिइन् । यसअघि अभियानले कास्कीका विन्ध्यवासिनी, तालवराही, अकलादेवी, शितलादेवी, भद्रकाली, दुर्गा मन्दिर लगायतका शक्ति पीठहरुमा सरसफाई तथा सचेतना मूलक कार्यक्रम तथा गोरखाको मनकामना मन्दिरमा सचेतना कार्यक्रम अन्तरक्रिया सहित सचेतना मूलक व्यार टास्ने कार्यक्रम, पशुवलीप्रथा विरुद्ध अन्तरक्रिया लगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ । 
त्यस्तै सामाजिक जागरणका लागि नारी अभियानले स्थापना भएको छोटो समयमा विभिन्न सचेतनामूलक कार्यक्रम, समाजको कुरीति कुसंस्कार विरुद्ध सचेतना, तराई पहाड सद्भाव कार्यक्रम, ट्राफिक सचेतना, पाठेघर क्यान्सर सम्वन्धी सचेतना, जेष्ठ आमाहरुको सम्मान तथा पोखरा दर्शन, वृद्धाआश्रममा सहयोग, चेपाङलाई सहयोग, अग्निपीडित तथा भूकम्प पीडितलाई सहयोग लगायतका विविध कार्यक्रम सम्पन्न गरिसकेको छ ।



Post a Comment

 
Top