0
गोल्डेन न्यूज संवाददाता
अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रहरी वरिष्ठ उपरीक्षक महेन्द्र कुमार पोख्रेलले कास्की जिल्लाका सामुदायिक सेवा केन्द्रहरुले पोखरा तथा कास्की जिल्ला मै सामाजिक विकृति विसंगति न्युनिकरण र अपराध रोकथाममा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीमा क्रियाशिल सामुदायिक सेवा केन्द्रहरुले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले नेपाल प्रहरीको शान्ति सुरक्षा कायम गर्ने कार्यमा सामुदायिक सेवा केन्द्रले अत्यन्तै राम्रो कार्यहरु गर्दै आईरहेको आफूले सुनेका भन्दै सामाजिक र जनचेतनामूलक कार्यक्रमहरुलाई ग्रामिण ईलाकाहरुमा पनि विस्तार गर्नुपर्नेमा जोड दिए ।  गण्डकी अञ्चल सुरक्षा प्रमुखको हैसियत एवं आफ्नो व्यक्तिगततर्फबाट पनि कास्की जिल्लाको शान्ति सुरक्षा एवं विकृति बिसंगति न्युनिकरण तथा अपराध रोकथाममा आफ्नो  सहयोग रहने सदैव रहने समेत उनले स्पष्ट पारे । शान्ति सुरक्षाको प्रत्याभूति सबै नागरिकले गर्न पाउनु पर्नेमा जोड दिंदै पोखरेलले अपराध र गुण्डागर्दी नियन्त्रणमा कुनै सम्झौता नहुने स्पष्ट पारे । सामुदायिक सेवा केन्द्र समन्य समिति कास्कीका अध्यक्ष बिष्णुबहादुर भट्टराईको अध्यक्षतामा  भएको कार्यक्रममा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति  तथा कास्की जिल्लामा क्रियाशिल  सामुदायिक सेवा केन्द्रहरु पृथ्वीचोक, बैदाम, बगर, माटेपानी, लेखनाथ र कालिकाका कार्य समिति एवं प्रहरी कर्मचारीहरु संस्थापक अध्यक्ष एवं सल्लाहकार मंगल बहादुर नेपाली, कानूनी सल्लाहकार ज्ञानेश्वर पराजुली, सल्लाहकार शेरबहादुर गुरुङ लगायत सहभागी थिए ।  वरिष्ठ उपाध्यक्ष सोमनाथ बाँस्तोलाले स्वागत गरेको कार्यक्रममा थ्रीएन्जल्स् नेपालका डा. राजेन्द्र गौतम, कानुनी सल्लाहकार ज्ञानेश्वर पराजुली,  सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष गजेन्द्रमान श्रेष्ठ, बगरका अध्यक्ष जीवन अधिकारी, लेखनाथका अध्यक्ष ज्ञानेन्द्र बजगाई, कालिकाका अध्यक्ष हुमनाथ अधिकारी, सामुदायिक सेवा एबं सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका सदस्य रमा लामिछाने, लेखनाथका सचिव त्रिलोचन लामिछाने, बगरका सह–सचिव बसन्त बाँस्तोला लगायतले बोलेका थिए भने कार्यक्रमको संचालन महासचिव बोधराज कार्कीले गरेका थिए ।

Post a Comment

 
Top