0
गोल्डेन न्यूज संवाददाता
सशस्त्र प्रहरी वल स्थापनाको १६ औं बार्षिकोत्सबको अबसरमा पोखरा स्थित पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय मुक्तिनाथ वाहिनीमा विविध कार्यक्रम सम्पन्न भएका छन् । वार्षिकोत्सबको अबसरमा विविध खेलकुद कार्यक्रम सहित रक्तदान कार्यक्रम सम्पन्न भएको छ भने मन्दिर सरसफाई लगायतका कार्यक्रम गरिएको छ । वार्षिकोत्सव विशेष समारोह भने बिहीवार हुँदैछ । दिवसको अवसरमा कात्तिक ७ गते सम्पन्न डवल ब्याडमिन्टन प्रतियोगितामा सशस्त्र प्रहरी उपरीक्षक मानवहादुर रजाली मगर र सशस्त्र प्रहरी उपरीक्षक रविन्द्र मल्लको जोडी प्रथम भएको छ । त्यस्तै सशस्त्र प्रहरी नायव महानिरीक्षक नरेन्द्र कुमार सिंह र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कष्णभक्त ब्रम्हचार्यको जोडी दोस्रो भएको छ । सशस्त्र प्रहरी निरीक्षक उपेन्द्र बुढा क्षेत्री र सशस्त्र प्रहरी नायव निरीक्षक रामु अधिकारीको जोडी तेस्रो भएको छ । प्रतियोगितामा २३ टिम सहभागी थिए । यसैगरी कात्तिक ९ गते सम्पन्न ८ किलोमिटर दौड प्रतियोगितामा सशस्त्र प्रहरी जवान रामवहादुर राना प्रथम भएका छन् । सशस्त्र प्रहरी जवान थमन बहादुर थापा दोस्रो र सशस्त्र प्रहरी जवान सुरेश ढुंगाना तेस्रो भए । प्रतियोगितामा कुल ४९ प्रतियोगी सहभागी थिए । दिवसकै अबसरमा बुधवार आयोजित रक्तदान कार्यक्रममा २७ युनिट रगत संकलन भएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा आयोजित रक्तदानमा सशस्त्र प्रहरी नायव महानिरिक्षक नरेन्द्र कुमार सिंह, सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कृष्णभक्त ब्रम्हचार्य , अन्य सशस्त्र प्रहरी अधिकृत एबं जवानहरुको सहभागिता थियो । बुधवारनै केदारेश्वर मन्दिर सरसफाई गरिएको छ । १६औं सशस्त्र प्रहरी दिवस विशेष समारोह भने विहिवार हुने सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक ब्रम्हचार्यले बताए । समारोहमा विविध खेलकुद कार्यक्रमका विजेता खोलाडीलाई पुरस्कार वितरण तथा छात्रबृति वितरण लगायतका कार्यक्रम हुनेछन् ।  दिवसको अबसरमा २४ जना अमर सशस्त्र प्रहरी कर्मचारीका छोराछोरीलाई जनही २४ हजारको दरले छात्रबृति वितरण, वहालवाला तथा भूपू सशस्त्र प्रहरीका छोराछोरी मध्ये प्रवेशिका परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १० जनालाई जनही १० हजार रुपैयाको दरले पुरस्कार प्रदान गर्ने कार्यक्रम छ । त्यस्तै मुक्तिनाथ वाहिनी अन्तर्गत रहेर बर्षभरी उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई समेत सम्मान गरिने बताइएको छ । यो बर्ष सशस्त्र प्रहरी नायव निरिक्षक धर्मेन्द्र चौधरी, सशस्त्र प्रहरी जवान कविराज क्षेत्री र सशस्त्र प्रहरी परिचर माया गुरुङ्गलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिँदैछ । दवसकै अबसर पारेर कल्याणकारी सेवा केन्द्र अन्तर्गत एक जनालाई उपचार सहयोग रकम हस्तान्तरण गरिदैछ । विरामी भएर उपचार गराइरहेका गोरखा गुल्मका सशस्त्र प्रहरी सहायक हवल्दार पूर्ण वहादुर नेपालीलाई २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्ने कार्यक्रम छ ।




Post a Comment

 
Top