0
भारतको नयाँदिल्लीमा हुन गइरहेको नेपाल–भारत संयक्त आयोगको मन्त्रीस्तरीय बैठकमा सहभागिताका लागि परराष्ट्रमन्त्री डा प्रकाशशरण महत बुधबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन्। बिहीबार भारतको नयाँदिल्लीमा हुने सो बैठकमा नेपालको नेतृत्व मन्त्री डा महतले गर्नेछन् । सो आयोगको बैठकमा भारतका तर्फबाट विदेशमन्त्री सुष्मा स्वराजले प्रतिनिधित्व गर्दै छन्। बैठकमा नेपाल र भारतका उच्च कूटनीतिक अधिकारीहरू रहने छन् । उक्त आयोगको सचिवस्तरीय बैठक भने बुधबारै नयाँदिल्लीमा सुरु भएकोछ । सो प्रयोजनका लागि परराष्ट्र सचिव शङ्करदाश बैरागी मंगलबार नै नयाँदिल्ली पगेका हुन्  सो बैठकमा नेपाल–भारतका बीचमा विगतमा भएका सम्झौता र आयोजनाहरूको कार्यान्वयनको अवस्थाको बारेमा बृहत् समीक्षा हुनेछ ।



Post a Comment

 
Top