0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. ३ नदीपुरस्थित नारायण स्थान मन्दिर तैनाथी गुठीको कि.नं. १२९ क्षे.फ. १२६३. ६० वर्गमिटरको जग्गा गुठीकै नाममा हुने पुनरावेदन अदालत पोखराले फैसला गरेको छ । गत आइतबार पुनरावेदन अदालत पोखराका न्यायाधीशद्वय दुर्गादत्त भट्ट र भीमकुमार आझोको संयुक्त इजलासले उक्त निर्णय गरेको हो । पुनरावेदन अदालतले यहि गत भदौ १६ गते जिल्ला अदालत कास्कीले गरेको फैसलालाई नै सदर गरेको हो । पुनरावेदनको फैसला अनुसार गुठी संस्था ऐन २०३३ को दफा २ (ञ)ले कसैका नाउँमा दर्ता नभएको मन्दिरको जग्गामा गुठी संस्थानको सम्पूर्ण अधिकार रहेको जग्गा नै गुठी तैनाथी जग्गा हुने व्यवस्था रहेबाट वादीले दावी लिएको जग्गाका विधिवत स्वामित्ववाला ओनरगुठी संस्थान रहेको भन्ने देखिएको छ । गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडांैबाट गुठी संस्थान ऐन २०३३ को दफा ३९ 
(१) बमोजिम मिति २०६७÷८÷१९ मा गुठी तैनाथी कायम हुने गरी भएको निर्णय उपर चित्त नबुझ्नेले सँधियार निकाय पुनरावेदन अदालतमा पुनरावेदन दिन सकिने सोही ऐनको दफा ३९ (२)मा प्रष्ट उल्लेख भएकोमा गुठी संस्थानको निर्णय बदर गर्न सुरु अदालतमा गएकोले निर्णय बदर गर्न अधिकार क्षेत्रको सिद्धान्तले मिल्ने देखिएन भनि अदालतले ठहर गरेको छ ।
कुनैपनि जग्गाको दर्ता बदर गर्नका लागि सो दर्ता गर्ने सम्बन्धमा भएको निर्णय बदर हुनुपर्छ । गुठी संस्थानले गुठी तैनाथी कायम गर्ने गरी गरेको निर्णय बदर हुने अवस्था नरहेपछि र सो निर्णय कायम रही रहेको अवस्थामा दावीको जग्गाको दर्ता एवं मालपोत कार्यालय कास्कीको मिति २०६८÷४÷१६ को निर्णय दर्तासमेत बदर हुन नसक्ने अवस्थामा वादी दावी बमोजिम दावीको कित्ता जग्गा पुनरावेदक वादी वीरेन्द्र स्मृति पार्कको नाममा दा.खा. दर्ता समेत गर्न कानुनतः मिल्ने नदेखिएको अदालतको फैसलामा उल्लेख छ। यस स्थितिमा जसका नाउँमा विधिवत जग्गा दर्ता भएको छैन, उसले खिचोला ग¥यो भन्ने दावी लिन नमिल्ने फैसलामा भनिएको छ । सो जग्गा वादी पोखरा उपमहानगरपालिका वडा नंं ३ बस्ने वीरेन्द्र स्मृति पार्क संरक्षण समितिका अध्यक्ष दीपकलाल उदास र प्रतिवादी मालपोत कार्यालय कास्की, नापी कार्यालय कास्की, गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौं, नारायणस्थान धार्मिक क्षेत्र विकास समिति समेत प्रतिवादी भएको निर्णय दा.खा. नामसारी दर्ता बदर जग्गा खिचोला मेटाइ दर्ता दाखा नामसारीको लागि २०६८ सालदेखि मुद्दा परी कास्की जिल्ला अदालतबाट नारायणस्थान मन्दिर गुठी तैनाथीको जग्गा गुठी तैनाथी नै कायम गरी वादी दावी खारेज गरी दिएकोमा सो उपर पुनरावेदन परेकोमा पुनरावेदन अदालत पोखराले सोही निर्णयलाई सदर गरी अन्तिम फैसला गरी दिएपछि लामो समयदेखिको विवादको टुंगो लागेको छ ।
परापूर्वकालदेखि नै नारायणस्थान मन्दिर तैनाथी गुठी रहेको जग्गा गुठी नै कायम भएकोमा धर्म लोप हुनबाट जोगिएको नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष महेश पराजुलीले बताए ।

Post a Comment

 
Top