0
गोल्डेन न्यूज संवाददाता
सिद्धार्थटोल टोल विकास संस्था रामकृष्णटोल–४ को शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भयो । सिद्धार्थटोल टोल विकास संस्था रामकृष्णटोल–४ को टोल सरसफाई कार्यक्रम र टोलमा सचेतना गर्दै विजया दशमी तथा दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको संस्थाकी अध्यक्ष गोमा कोइराला सुवेदीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिइन। उनले दिएको जानकारी अनुसार कार्यक्रममा वरिष्ठ सल्लाहकार मदनकाजी श्रेष्ठ, सल्लाहकार शम्भु प्रसाद कोइराला, मुक्ति पराजुली, ढाकामोहन पराजुली, ज्येष्ठ नागरिक रत्नमाया लिगल, साधारण सदस्य जुली आमा, शिक्षा संयोजक उषा कोइराला लगायतले हिन्दूहरुको महान् पर्व विजयादशमी तथा शुभदिपावली र छठ पर्वको शुभकामना आदान–प्रदान गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य कल्पना गौतम र कार्यक्रम संचालक मिथिला मल्लले गरेकी थिइन । कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष गोमा कोइराला सुवेदीले हाम्रो धर्म,संस्कृति र परम्परलाई संरक्षण गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिइन । तडक–भड्क नगरि आफ्नो क्षमता अनुसारको पर्व मनाउनुपर्ने भन्दै कार्यक्रमको अध्यक्ष समेत रहेकी उनले चाडपर्वमा सवै जना खुशी र सुखी रहाँै भन्दै शुभकामना प्रकट गरिन् ।







Post a Comment

 
Top