0
गोल्डेन न्यूज संवाददाता
नदीपुर क्लवको आयोजनामा नदीपुर स्थित नगर विकास प्रशिक्षण केन्द्रको खेल मैदानमा जारी चौथो नदीपुर कप सेभेन ए साइड फुटवलमा बिहीबार ८ खेल सम्पन्न भएका छन । बिहीबार सम्पन्न पहिलो खेलमा नदीपुर निलो बिरुद्ध सूर्योदय क्लवको खेलमा ९–१ गोल अन्तरले नदीपुर निलो अघिल्लो चरणमा प्रवेश ग¥यो । खेलमा नदीपुरका खेलाडी अमर पुनले प्रतियोगिताकै पहिलो ह्याट्रिक गर्नुका साथै ५ गोल गर्न पुगेका थिए । खेलमा नदीपुरका लागि प्रबिन थापाले दुई गोल र मनोज कार्की र अमन पुनले एक–एक गोल गर्न सफल भएका थिए ।
दोश्रो खेलमा अर्चलबोट एफसीले साहारा एफसीलाई ३–१ गोल अन्तरले पराजित ग¥यो । खेलमा अर्चलबोटका बिरेन गुरुङ ह्याट्रिक गर्न सफल भए । साहारा एफसीका साजन परियारले सान्तवना गोल गरे । तेश्रो खेलमा माछापुच्छ«े एफसी र नदीपुर ब्वाइज क्लव बीचको खेल ४–४ को गोलमा सकिएपछि सडेन डेथमा ८–७ गोल अन्तरले नदीपुर ब्वाइज अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । चौथो खेलमा एफ सी फण्ड रे फेदी एफसी बीच २–२ गोलको वरावरीमा सकिएपछि ट्राइबेकरमा एफसी फण्डले ३–२ गोल अन्तरले फेदी एफसीलाई पराजित ग¥यो ।  पांचांै खेलमा लेकसाइड  एफ सी र नव आदर्श सामुदायिक बिकास केन्द्र बी बीचको खेल ३–३ को बरावरीमा सकिएपछि ट्राइबेकरमा लेकसाइडले ३–२ गोल अन्तरले नव आदर्शलाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश ग¥यो । छैठौं खेलमा इन्द्रेणी एफसीको अनुपस्थितीमा तारा एफ सी वाक ओभर बाट अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो  । बिहीबारको अन्तिम खेलमा एक्स बगरको अनुपस्थितीमा नव आदर्श ए वाक ओभरबाट अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । प्रतियोगिता अन्तर्गत शुक्रबार बगर युनाइटेड ए र पीटी एफ सी बिच पहिलो खेल हुने छ । शुक्रबार बाट प्रि क्वाटरको खेलहरु हुने क्लवका सदस्य अमन पुनले जानकारी दिए ।


Post a Comment

 
Top