0
गोल्डेन न्यूज संवाददाता
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी केन्द्र पोखरा–१ बगरले विजयादशमी, शुभ दीपावली, नेपाल संबत, छठ तथा इद पर्वको शुभकामना आदान–प्रदान गर्नुका साथै नागरिक सुरक्षा सम्बन्धमा नागरिक र प्रहरी बीच अन्तत्र्रिmया कार्यक्रम आयोजना ग¥यो । सो अवसरमा पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय प्रमुख कमल सिंह बमले नागरिकहरुको सहयोगले मात्रै प्रहरी आप्mनो लक्ष्यमा पुग्न सक्ने बताए । उनले पोखरामा दण्डहिनता कम हुदैँ गएको र आपराधिक क्रियाकलापमा समेत कमी हुदैँ गएको र यसको श्रेय आम नागरिकहरुलाई जाने स्पष्ट पारे । कार्यक्रममा २०७३ सालको उत्कृष्ट प्रहरी कार्यालय हुन सफल भएकोमा पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख कमल सिहं बम लगायत सामुदायिक प्रहरी सेवा केन्द्र पोखरा–१ बगरका सदस्यहरु विभिन्न  तहमा पदोन्नति एवं संस्थामा निर्वाचित भएको विष्णु बहादुर भट्टराई, चक्रपाणि सुवेदी, सीता अधिकारी, चित्र बहादुर थापा, प्राचार्य वेद प्रसाद कुस्ती, जगत घले, कल्पना बाँस्तोला, विष्णु गुरुङ, सुरेन्द्रमान, गोमा सुवेदी लगायतका  व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सामुदायिक सेवा केन्द्र हेमजाका तर्दथ समिति अध्यक्ष शोभाकर तिम्सिना, टोल विकास समन्वय संस्थाका अध्यक्ष चन्द्र बहादुर गुरुङ, नागरिक मञ्च वडा नं १ का संयोजक, इन्द्रशोभा गुरुङ, राष्ट्रिय उच्च मा.विका प्राचार्य वेद प्रसाद कुस्ती, नागरिक मञ्चका अध्यक्ष रामबहादुर पौडेल, तिलक कोइराला लगायतले बोलेका थिए ।




Post a Comment

 
Top