0
कार्तिक २, २०७३
भारतको उडिसास्थित एक निजी अस्पातालमा आगलागी हुदाँ कम्तीमा १९ जनाको मृत्यु भएको छ । 
उडिसाको राजधानी भुबनेश्वरमा रहेको एक अस्पातालमा सयौँ बिरामी उपचारमा रहेको समय डायलेसीस वार्डबाट आगलागी सुरु भएको थियो । आगलागीमा परी मृत्यु भएका सोहि अस्पातालमा उपचार गराईरहेका बिरामी रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । आगलागीपछि अन्य बिरामीहरुलाई भने उद्धार गरी नजिकका अस्पातालमा भर्ना गरिएको छ । आगलागीको कारण खुलेको छैन् । यद्यपी बिद्युत सर्ट भई आगलागी भएको आशंका गरिएको छ । घटनापछि उडिसाका मुख्य मन्त्री नवीन पटनायकले अस्पातालको निरिक्षण गरी अस्पातालका बिरामीलाई अन्य अस्पातालमा उपचारको ब्यबस्था मिलाई घटनाको जाँचका लागी स्थानीय प्रशासनलाई आग्रह गर्नुभएको छ ।     

Post a Comment

 
Top