0
गोल्डेन न्यूज संवाददाता
पोखराको पृथ्वीचोकमा रहेको बास्तोला कम्प्लेक्समा मङ्गलबारदेखि सस्तो व्यापार मेला–२०७३ शुरु भएको छ। विजयादशमी तथा शुभ दिपावलीको अवसरमा उपभोक्ताको सहजताका लागि मेला गरिएको हो। मेला २२ गते शनिवारसम्म चल्नेछ। मेलामा प्रत्यक दिन चर्चित हाँस्य तथा लोकदोहोरी कलाकारको प्रस्तुति रहने छ। मेलामा मातृशक्ति गृहणी नृत्य प्रतियोगिता समेत राखिएको छ। मेलामा निःशुल्क प्रवेश पाईने छ। सहभागि दर्शकले दुई सय बराबरको सामान किने एउटा कुपन दिई भाग्यशाली ग्राहक एवम् दर्शकलाई च्याङ्ग्रा उपहार प्रदान गरिने छ। मेला अवधिभर प्रति दिन ५० लाख भन्दा माथिको कारोवार हुने अपेक्षा गरिएको छ। कम्प्लेक्समा एकै छान मुनी सस्तो गुणस्तरीय समानको उपलब्धता, पसल  विमाको व्यवस्था, सिसि क्यामरा, वाईफाईको व्यवस्था, थोक तथा खुद्रा व्यापार, २४ सै घण्टा सुरक्षाको व्यवस्था, प्रर्याप्त पार्किङको व्यवस्था रहेको बताइएको छ। मेलाको उद्घाटन गर्दै पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीले मिलेर अघि बढ्न व्यवसायीहरुलाई आग्रह गरे। उनले सरकारले निजी क्षेत्रसँग मिलेर मुलुकको अर्थतन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिए। सञ्चार उद्यमी भाष्करराज कर्णिकारले राजनीतिक परिवर्तन संस्थागत गर्नका लागि जनताको आर्थिक अवस्था सुधार्नुपर्ने उल्लेख गरे। कार्यक्रममा पश्चिमाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष संजिब बहादुर कोइराला, पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी त्रिपाठीले बोलेका थिए। त्यसअवसरमा पोखरा उद्योग वाणिज्य संघ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरिएको थियो।
बाँस्तोला कप्लेक्सका सञ्चालक माधव बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बरिष्ठ उद्घोषक नेत्रपाणि बाँस्तोलाले गरेका थिए।

Post a Comment

 
Top