0
गोल्डेन न्यूज संवाददाता
लागूपदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूह नेपालको बाह्रौं साधारणसभा तथा छैठौं अधिवेशन सोमबार सम्पन्न भएको छ । साधारण सभाले पुनः विष्णु कुमारी गरुङ्गको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरको छ । साधारणसभाको प्रमुख अतिथि गण्डकी अञ्चल प्रहरी प्रमुख बरिष्ठ उपरीक्षक महेन्द्र कुमार पोख्रलले उद्घाटन गरेका थिए । साधारणसभामा संस्थाका सचिव कल्पना आचार्य बाँस्तोलाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा संस्थाले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । लागूपदार्थ नियन्त्रण र बिभिन्न सामाजिक कार्यमा सहयोग गरकोमा नागरिक समाजका अध्यक्ष राम बहादुर पौडेल, महिला उद्यमी सीता गुरुङ्ग र असल छिमेकी नेपाल अन्तर्गत नवजीवन सुपरीवेक्षक प्रतिमा बस्नेतलाई प्रशंसापत्रले सम्मान गरेको छ । स्थापनाकाल देखी नै सक्रिय रुपमा सल्लाहकारको भूमिका निर्वाह गरेकोमा विश्वमोहन गौचन र तारानाथ पौडेल साथै सक्रिय सदस्यहरु राममाया रानाभाट, शान्तादेवी गरुङ्ग र भगवती गुरुङ्गलाई पनि सम्मान गरिएको थियो । संस्थालाई बिभिन्न क्षेत्रबाट सहयोग गर्ने ९ जना सहयोगीहरुलाई पनि उक्त अवसरमा सम्मान गरिएको थियो । लागूपदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूह नेपालका अध्यक्ष विष्णुकुमारी गरुङ्गको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी अञ्चल प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक महेन्द्र कुमार पोख्रलले लागूपदार्थ न्युनिकरणका लागि परिवारबाट नै आफ्ना बालवालिकाको राम्रो ख्याल राख्नुुपर्नेमा जोड दिए । कार्यक्रको संचालन सचिव कल्पना आचार्य बाँस्तोलाले गरेका थिए ।


Post a Comment

 
Top