0
गोल्डेन न्यूज संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण अत्यन्तै उपयोगी भएको बताएका छन् । भारतको गोवामा आयोजित ब्रिक्स सम्मेलनमा सहभागी भएर सोमबार त्रिभुवन विमानस्थलमा ओर्लेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भ्रमण सकारात्मक भएको अनुभव गरेको बताए । उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एकसाथ भएको भेटलाई संयोग मात्रै भएको बताएका छन् । उनले आफू एउटा कार्यक्रममा जानको लागि कारगेड कुर्दै गर्दा चिनियाँ राष्ट्रपतिसँग भेट भएको बताएका छन् । उनले भने, ’म कार्यक्रममा जान कुरिरहेको थिएँ । प्रतिक्षा कक्षमा कुरिरहँदा उहाँ आउनु भयो । उहाँको आगमनले मलाई ढुंगा खोज्दा देउता मिले झैं भयो । उनले आफूले चिनियाँ राष्ट्रपति पिङसँग यस्तै छुट्टै भेटेर कुरा गर्न चाहेको बताए । उनले भने, ’म उहाँसँग दुइपक्षीय कुरा गर्न चाहन्थेँ । वान टु वान कुरा गर्न चाहन्थेँ । प्रतिक्षा कक्षमा यो मौका मिल्यो । मैले २० मिनेट कुरा गरेँ ।’भेटमा उनले चिनियाँ राष्ट्रपतिसँग नेपाल भ्रमण र नेपालको विकास, संविधान लगायतको विषयमा कुरा भएको बताए । प्रधानमन्त्री दाहालले भने, –‘यो भेटमा ह्रृदय खोलेर कुरा भयो । जुन गौरवान्वित कुरा हो। मैले यस्तो पनि हुन्छ होला भनेर त अपेक्षा नै गरेको थिइनँ । यो भेट पूवनिर्र्धािरत होइन । अचानक भएको हो।’ केही समयपछि दुईजना बीच कुरा भइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि आइपुगेका उनले बताए । उनले भने, ’हामी कुरा गरिरहेका थियौं । यत्तिकैमा मोदी जी आइपुग्नु भयो । हामीले यसलाई अस्वभाविक पनि लिएनौं । तीन जनाको भेटमा त्रिपक्षीय कुरा भएको प्रधानमन्त्री दाहालले दाबी गरे । उनले त्रिपक्षीय साोझेदारको विषयमा कुरा भएको र नेपाल सानो देश भएकोले नेपाललाई सहयोग गर्नुपर्छ भनेर दुवै नेताले भनेको पनि दाहालले सुनाए । 

उनले भने,–‘मैले पहिले नै त्रिपक्षीय कुरा गर्न चाहेको थिएँ । तर मौका मिलेको थिएन । उक्त बेला मौका मिल्यो र मैले त्रिपक्षीय प्रस्ताव राखेँ । सबै सकारात्मक हुनु भयो । यो भेट मेरो लागि मत्रै होइन पुरै नेपालको लागि पनि सकारात्मक हो ।’ नेपाल सानो मुलुक भए पनि नेपालले राखेको कुरालाई महत्व दिएका छौं भन्दै चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीले बताएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भने,–‘संयोग पनि कस्तो मिल्यो भने मोदी जी दक्षिणतिर म बीचमा र सी जिनपिङ उत्तरतिरै बस्नु भएको थियो चीन, नेपाल र भारतको भौगोलिक अवस्था जस्तै । उनले त्रिपक्षीय भेट करिव १०÷१२ मिनेट भएको बताए । प्रधानमन्त्री दाहालले भने–‘त्यसपछि हामी आ–आफ्नो कार्यक्रम तिर लाग्यौं । प्रधानमन्त्री दाहालले आफूले चिनियाँ राष्ट्रपतिलाई ५ मिनेट कुराएको भन्ने समाचार गलत भएको प्रष्ट्याए । समाचारमा आएजस्तो यो भ्रमणले नेपालीको शीर झुकेको नभइ ठाडो भएको उनले दाबी गरे । उनले भने, ’यो भ्रमण निकै नै फलदायी भएको छ । मिडियाले पनि समाचार लेख्दा सकारात्मक भएर लेख्न प¥यो । प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा अन्य देशका राष्ट्रप्रमुखहरु सँग पनि भेट भएको र नेपालको बारे कुरा भएको बताए ।










Post a Comment

 
Top