0
गोल्डेन न्यूज संवाददाता
पोखरा–१५ मा लागूऔषध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्मपन भएको छ। गेटवे फाउन्डेशन नेपाल वडा प्रहरी कार्यलय रामबजार र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यलय पोखराको आयोजनामा महिला समन्वय समिति पोखरा–१५ को सहकार्यमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा बोल्दै महिला समन्वय समिति पोखरा–१५ समयोजक पार्वती कार्कीले  यस्ता किसिमका कार्यक्रमहरू निरन्तर रूपमा आगामी दिनमा पनि गरिने र अन्य क्षेत्रहरूमा पनि लागूऔषध  को बिरूद्ध कार्यक्रमहरू गर्नुपर्नेमा जोड दिए । थ्री एन्जल्सका अध्यक्ष डा.राजेन्द्र गौतमले लागूऔषधको समस्य बढ्दै गएको र यसलाई न्युनिकरण गर्ने यस्ता कार्यक्रमहरू प्रभावकारी हुने बताए ।  कार्यक्रमको समापन गर्दै वडा प्रहरी कार्यालय रामबजारका प्रमुख बेद जोशीले लागूऔषधलाई न्युनिकरण प्रहरीको प्रयासले मात्र सम्भव नरहेको र यसलाई न्युनिकरण गर्ने हरेक ब्यक्ति र समुदाय लाग्नुपर्नेमा जोड दिए । उनले भने यस्ता सचेतनामूलक कार्यक्रमले लागूऔषध न्युनिकरणमा महत्वपूर्ण सहयोग पु¥याउने बताए । कार्यक्रममा लागूऔषधको कानूनी प्रावधानका विषयमा लागूऔषध नियन्त्रण ब्युरो पोखरा प्रहरी नायव निरीक्षक विद्याधर त्रिपाठीले जानकारी गराएका थिए भने गेटवे फाउन्डेशन नेपालका परामर्श दाता अमृत कुमार भट्टराईले लागूऔषधको असर रोकथामका बिषयमा जानकारी गराएका थिए ।

Post a Comment

 
Top