0
अख्तियार प्रमुख लोकमान सिंह कार्की्विरुद्धको महाअभियोगसँगै विकसित राजनीतिक घटनाक्रमबारे प्रमुख तीन दलका शीर्ष तीन नेताबीच छलफल भएको छ । प्रधानमन्त्री एवं माओवादी अध्यक्षको पहलमा बुधबार बालुवाटारमा भएको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी थिए । आफूलाई हटाएर माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि ओली बालुवाटार गरेको पहिलो पटक हो । यसअघि बालुवाटारमा बसेको प्रमुख दलहरुको बैठकमा ओली सहभागी भएका थिएनन् । तर, लोकमानविरुद्धको महाअभियोगलाई लिएर प्रचण्ड र ओलीबीच लगातार छलफल हुँदै आएको छ । कांग्रेस सभापति देउवा समेत उपस्थित छलफलमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा प्रस्तुत महाअभियोग, संविधान संशोधन तथा कार्यान्वयनबारे कुराकानी भएको थियो ।

Post a Comment

 
Top