0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा जिल्ला शिक्षा कार्यालय कास्कीमा नवनियुक्त जिल्ला शिक्षा अधिकारी शंकर गौतमकोे सम्मानमा स्वागत तथा छलफल कार्यक्रम बुधवार लेखनाथमा सम्पन्न भयो । जिल्ला शिक्षा अधिकारी शंकर गौतमले सकारात्मक सोंच र सहकार्यबाट अगाडि बढे शिक्षाको विकास हुने भन्दै कुनैपनि अपुरा काम कार्य भएमा भावी पीढिका लागि सोची विधि विधान अन्तरगत रही आफूले गर्नुपर्ने कार्य छिटो भन्दा छिटो गर्ने प्रतिवद्धता जनाए । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले जिल्ला शिक्षा अधिकारी शंकर गौतमलाई स्वागत गर्दै संघले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा गरेका कार्यका वारेमा जानकारी गराएका थिए । लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चतुराखर अधिकारी, श्रोत व्यक्ति विष्णुप्रसाद तिवारी, जनप्रकाश उच्च मा.विका पूर्व प्राचार्य कृष्णराज पौडेल, त्रिभुवन शान्ति मा.वि.का प्र.अ. मित्रलाल सापकोटा, गोल्डेन नेचर वोडिङ स्कुलका प्राचार्य प्रेमप्रसाद शर्मा, सिद्धिविनायक वोडिङ स्कूलका ज्ञानेन्द्र मोेहन भट्टराई, डायमण्ड वोर्डिङका यम रोका, जनप्रकाश मा.वि.का शिवमणी भण्डारी, गोगन मा.विका डम्वर प्रसाद पौडेल लगायतका लेखनाथमा अवस्थित विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्राचार्यहरुले महोत्सव यस क्षेत्रको पहिचान भएकाले आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने भन्दै  नवआगन्तुक जिल्ला शिक्षा अधिकारीलाई स्वागत गरेका थिए । कार्यक्रममा संघका उपमहासचिव भरतकुमार अधिकारीले संचालन र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष कृष्णहरि भण्डारीले गरेका थिए ।


Post a Comment

 
Top