0
गोल्डेन न्यूज संवाददाता
जग्गाको कारोबार गर्दै आएको ए.एस रियल स्टेट एण्ड हाउजिङ कम्पनीले चितवनमा शाखा सञ्चालनमा ल्याएको छ । ए.एस रियल स्टेट एण्ड हाउजिङ कम्पनीले दोस्रो शाखा भरतपुर मालपोत चोकमा आइतबारदेखि सञ्चालनमा ल्याएको हो । शाखाको प्रभु हाउजिङ प्रालिका अध्यक्ष तेजबहादुर कार्की ‘केशव’ले शाखाको उद्घाटन गरे । २०७१ सालदेखि घरजग्गामा काम गर्दै आएको ए.एस रियल स्टेटले पोखराको चाउथे, लेखनाथ, न्यूरोड लगायतका क्षेत्रमा घरजग्गाको कारोबार गर्दै आएको भए पनि पछिल्लो समय चितवनमा समेत काम सुरु गरेको छ । ए.एस रियल स्टेट एण्ड हाउजिङ कम्पनीका अध्यक्ष हरिहर सापकोटाले व्यवस्थित शहर निर्माण गर्न चितवनमा घरजग्गाको व्यवसाय विस्तार गरेको भन्दै उनले सानो तथा ठूलो पूँजी हुने सबैलाई लक्षित गरि हाउजिङ योजनाहरु अगाडि बढाएको बताए। चितवनमा तोरीखेत, मंगलपुर, फूलबारी, पटीहानी, चोकबजार, टाँडी लगायतका क्षेत्रमा जग्गा प्लटिङ गर्न लागिएको उनले जानकारी दिए। कम्पनीका अध्यक्ष तेजबहादुर कार्की ‘केशव’ ले चितवनलाई व्यवस्थित शहरका रुपमा विकास गर्न अस्वस्थ प्रतिस्पर्धा हटाइनुपर्ने बताए ।  उनले रियल स्टेट कम्पनीहरुबीचको सहकार्यले दीर्घकालिन रुपमा व्यवस्थित शहर विकास गर्न सकिने बताए । ए.एस रियल स्टेट एण्ड हाउजिङ कम्पनीका चितवन शाखा सञ्चालक बसन्त सापकोटाले चितवनमा घरजग्गाको कारोबारको अध्ययन गरेरै व्यवसाय विस्तार गरिएको बताए । व्यवसायी नरेन्द्र सिग्देलले व्यवस्थित शहर बनाउन हाउजिङ कम्पनीहरुले सघाउने बताए। ए.एस रियल स्टेटले वातावरणमैत्री घर निर्माण गरि सस्तो मूल्यमा ग्राहकलाई उपलब्ध गराउने लक्ष्य लिएको छ । चितवनमा एक दर्जन बढी हाउजिङ कम्पनीहरुले हाल काम गर्दै आएका छन् ।









Post a Comment

 
Top