0
गोल्डेन न्यूज संवाददाता
पोखराको लामाचौर र अर्मलामा मंगलबार छुट्टा–छुट्टै रुपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय ९ युनिट रगत संकलन भएको छ । अर्मलामा हितैषी बचत तथा ऋण सहकारी संस्था र सदाबहार युवा क्लवले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको हो ।सहकारीका अध्यक्ष शेरबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री कृष्ण तिमिल्सिनाले पहिलो रक्तदाता क्लवका अध्यक्ष तारानाथ आचार्यलाई व्लड व्याग हस्तान्तरण गरि उद्घाटन गरे । कार्यक्रममा क्लवका उपाध्यक्ष विष्णु लामिछाने, रेडक्रस अर्मलाका रेशम आचार्य, कुलप्रसाद भट्टराई, विजय गुरुङ्ग, रक्तसञ्चार केन्द्रका धु्रबमणि लामिछाने, पत्रकार शिशिर पौडेल, क्लवका सचिव विकास आचार्य लगायतले रक्तदानको महत्वको विषयमा बोलेका थिए । कार्यक्रममा डा. पुष्पराज आचार्यलाई सम्मान गरिएको थियो । त्यस्तै लामाचौरमा सच्याईएको सत्सङ्ग पोखरा–१९ ले गरेको कार्यक्रममा ७३ युनिट रगत संकलन भएको छ । सत्सङ्गका सञ्चालक सञ्जय लामा पाख्रिनले पहिलो रक्तदाता क्षेत्रबहादुर गुरुङ्गलाई व्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरिएको सदस्य सिर्जना कार्कीले जानकारी दिइन । यसैगरी सत्संग नेपाल कास्की लामाचौर १९ को आयोजनामा तथा पोखरा रक्तसंचार केन्द्र रामघाटको सहयोगमा मंगलवार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदानमा ७३ जनाले रक्तदान गरेका थिए । सत्संग नेपाल कास्की लामाचौरका प्रमुख सन्जय पाख्रिनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उनले पहिलो रक्तदाता क्षेत्रबहादुर गुरुङलाई व्लडव्याग हस्तान्तरण गरेका थिए । उनले अहिले कतिपय अस्पतालमा रगत नपाएर छट्पटाएका विरामीलाई यस्तो कार्यक्रमले सहयोग गर्ने बताए ।  उनले रक्तदान नै जीवन दान भएको हुँदा यस्ता कार्यक्रम बेला बेलामा गरिरहनु पर्नेमा उनले जोड दिए । सच्चाई सत्सग लामाचौरका अध्यक्ष ज्ञानु पाख्रिनले समेत वोलेकी थिईन । कार्यक्रम वडा सचिव सूर्यबहादुर नेपालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सन्तोष लामाले कार्यक्रम सचालन गरेका थिए ।  

Post a Comment

 
Top