0
पोखरा १०, रामघाटस्थित बौद्ध अर्घाै सदन परिसरमा निर्माण हुने नयाँ गुम्बाका लागि पछिल्लो पटक १२ लाख २५ हजार २० रुपैयाँ सहयोग हस्तान्तरण भएको छ । सहयोग कै क्रममा पर्वत जिल्ला ताङले पुरानो घर भै हाल पोखरा ८, बगाले टोल तमु समाजमा आवद्ध बगालेटोल निवासी क्याप्टेन ईश्वर बहादुर तमुको परिवारको तर्फबाट ७ लाख २५ हजार ५ रुपैयाँ सहयोग प्रदान गरेका छन् । यसैगरि क्या. तमु कै जेठी छोरी ज्वाँई भुक ताङले हाल पोखरा ८, न्यूरोड निवासी ताङलेकोट तमु समाजका अनरेरी क्या. मैतालाल तमुको सम्पूर्ण परिवारको तर्फबाट १ लाख ५० हजार ५ रुपैयाँ, उनकै कान्छी छोरी ज्वाँई पुरानो गाउँ साबेत भई हाल पोखरा १०, अमरसिंहचोक निवासी भुरुँदिस्यो तमु समाजमा आवद्ध मेजर कृष्ण बहादुर तमु एमभीओ, एमबीईको परिवारको तर्फबाट १ लाख ५० हजार ५ रुपैयाँ सहयोग प्रदान गरेका छन् । यसरी नै श्रीमान–श्रीमती क्या. ईश्वर बहादुर तम र लिलकुमारी तमुको परिवारको तर्फबाट प्राप्त १० लाख २५ हजार १५ रुपैयाँको सहयोग रकमले उनीहरुको संयूक्त ईच्छा र निर्णय अनुसार नयाँ बन्ने गुम्बाभित्र रिम्पोछे गुरुको आगमन हुँदा उहाँको सुविधाको लागि एउटा कोठा बनाइदिन सहयोग गरेका हुन् । यसैगरि पुम्दीभुम्दी ७, पुरानो घर भै पोखरा १७, विरौटा निवासी हाल यूकेमा कार्यरत तमु धिं यूके तथा साउथ इष्ट रिजनल तमु धि लण्डनका सल्लाहकार, भुम्दी कोट समाजका संस्थापक सचिव, तमु सहयोग समिति पार्दी समाजमा आवद्ध रहेका बौद्ध अर्घाै सदनका आजीवन सदस्य श्रीमान श्रीमती योगेश तमु र मिना तमुका परिवारको तर्फबाट नयाँ गुम्बा निर्माण पश्चात भगवान मञ्जुश्रीको मूर्तिका १ लाख ५० हजार सहयोग प्रदान गरेका छन् । सहायोगदाताहरुले गुम्बामा भगवान बुद्धको दर्शन तथा दिप प्रज्वलन गरि सिन्ढुप व्रतमा सहभागी धर्मगुरुहरु र भक्तजनहरुको उपस्थिति रहेको एक समारोहका बीच सदनका अध्यक्ष क्या. भुवनसिं तमु र उपाध्यक्ष तथा गुम्बा निर्माण अर्थ संकलन उपसमितिका संयोजक क्या. चन्द्रप्रसाद तमुलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण पश्चात उनीहरुलाई सदनका प्रमुख गुरु आचार्य शिरलामा थुप्तेन येशेले खदा लगाई सम्मान गरे भने अध्यक्ष क्या.तमुले प्रस्तावित नयाँ गुम्बा निर्माण सम्वन्धी हालसम्म भैरहेको प्रगति विवरणको साथै अव केहि दिनभित्रमा नै निर्माण कार्य शुरु गर्ने जानकारी दिए । यसरी नै सहयोगको क्रममा पर्वत जिल्ला भँगरा गाविस वडा नं. ७ भँगरा गाउ भई हाल चारभञ्ज्याङ तमु समाज पोखरामा आवद्ध, पोखरा १०, शिवचोक निवासी धनप्रसाद तमु र ओमप्रसाद तमुले आफ्नी आमा फूलमती तमुको स्मृतिमा गुम्बा निर्माणको लागि ५० हजार ५ रुपैयाँ आर्थिक सहयोग गरेका छन्। सहयोगदाताहरुले स्व. आमा फूलमती तमुको पितृकार्य अघौंमा सदनका उपाध्यक्ष तथा अर्थ संकलन उपसमितिका संयोजक क्या. चन्द्रप्रसाद तमुलाई उक्त रकम हस्तान्तरण गरिएको गुम्बाले जनाएको छ । यता, पोखरा–१०, रामघाटस्थित बौद्ध अर्घौ सदनद्वारा सञ्चालित बौद्ध शिक्षा अध्ययन केन्द्रको सहयोगार्थ युके निवासी सदिप तमुले एक लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् । पर्वत जिल्ला ठानामौला गाविस खाल्टे पुरानो गाउँ तथा पोखरा ९, नयाँ बजार घर भई चारभाङज्याङ तमु समाजमा आवद्ध हाल वेलायत निवासी तमु धिं युकेका उपाध्यक्ष ज्ञाम तमुको छोरा संदिप तमुले बौद्ध शिक्षा अध्ययन केन्द्रमा अध्ययनरत बौद्ध लामा ढ्हवाहरुको शिक्षा दिक्षाको लागि उक्त सहयोग रकम सदनका उपाध्यक्ष तथा नयाँ गुम्बा निर्माण अर्थ संकलन उपसमितिका संयोजक क्या.चन्द्रप्रसाद तमु र प्रशासनिक प्रमुख सुवेदार यमबहादुर तमुलाई हस्तान्तरण गरेका हुन् ।










Post a Comment

 
Top