0
गोल्डेन न्यूज संवाददाता
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले भौतिक पूर्वाधार विना खेलकुदको विकास नहुने बताएका छन्। नेपाल ह्याण्डबल संघको आयोजना तथा नेपाल ओलम्पिक कमिटिको सहयोगमा मंगलबारदेखि पोखरामा सुरु ओलम्पिक सोलिडारिटी टेक्निकल कोर्षको उद्घाटन गदै अध्यक्ष श्रेष्ठले खेलकुदको विकासमा भौतिक पूर्वाधारमा राज्यले ध्यान दिनुपर्छमा जोड दिए । ‘भौतिक पूर्वाधार नभएसम्म खेलकुदको विकास हुँदैन, त्यसका लागि राज्यले ध्यान दिनुपर्छ’–अध्यक्ष श्रेष्ठले भने । नागरिकलाई स्वस्थ राख्न राज्यले लगानी गर्नुपर्छ, त्यसका लागि भौतिक पूर्वाधार निर्माणका लागी पयाप्त बजेट विनियोजन गर्नुपर्नेमा उनको जोड थियो । उनले नेपाल ओलम्पिक कमिटी खेलकुदको विकास र नतिजामुखी बनाउन प्रतिबद्ध रहेको भन्दै त्यसका लागि सरकारी, नीजि क्षेत्र र नागरिकको सहयोग आवश्यक पर्ने बताए । उनले डेढ महिना अधि सम्पन्न रियो ओलम्पिकमा गरेको तयारीले विगतको भन्दा राम्रो नतिजा ल्याउन सफल भएको भन्दै २०२० मा आयोजना हुने ओलम्पिकका लागि तयारी थालिएको समेत जानकारी दिए । ‘२०२० मा आयोजना हुने ओलम्पिकको तयारी सुरु गरेका छांै, नेपाली खेलाडीले नयाँ इतिहास रच्ने छन् । उनले दुई वर्षपछि नेपालमा आयोजना हुने १३ सागको तयारीका लागि सागको बैठक राख्ने बताए। नेपाल सरकार साग गेम गर्नका लागी प्रतिबद्ध रहेको बताउँदै भौतिक पूर्वाधार निर्माणमा तीव्रता दिनुपर्नेमा जोड दिए । उनले सागका केही खेलहरु पोखरामा आयोजना गरिने बताए । यस्ता प्राविधिक प्रशिक्षणले परिर्वतीत नियमहरुका बारेमा जानकारी हुने बताउदै चेन्ज भएका रुलहरुका बारेमा जानकारी हुदाँ नतिजामा प्रभाव पार्ने उनले बताए ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले खेलकुदमा परिर्वतन आवश्यक रहेको भन्दै पूर्वाधार, प्रशिक्षण र प्रतियोगितामा ध्यान दिन सके मात्रै पदकको आशा गर्न सकिने बताए । उनले अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघका प्रशिक्षक डा. फेन्टिसेक ट्यावरोस्कीले नेपालमा खेल पर्यटनको सम्भावना रहेको स्पष्ट पारे । नेपाल ह्याण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले १० ओटा संघहरुको सक्रियताको आधारमा छनोट गर्दा नेपालबाट ह्याण्डबलले अवसर प्राप्त गर्न सफल भएको बताए । सिनियरस्तरको प्रशिक्षण एक सातासम्म संचालन हुने भएको नेपाल ह्याण्डवल संघका सचिव केशव पाठकले बताए । प्रशिक्षणमा राष्ट्रिय खेलकुद परिषदका ह्याण्डवल खेलका प्रशिक्षक, नेपाल आर्मी, सशस्त्र प्रहरी वलको एपिएफ, उदयपुर ह्याण्डवल एकेडेमीका प्रशिक्षक सहित विभिन्न जिल्लाका गरी २१ जना प्रशिक्षकहरुको सहभागिता रहेको छ । ह्याण्डवल खेलको विकास गराउने उद्देश्यले अन्तर्राष्ट्रिय ह्याण्डवल महासंघका प्रशिक्षक चेक रिपव्लिक नागरिक डा. फेन्टिसेक ट्यावरोस्कीले पोखरामा हुने कोर्षमा प्रशिक्षण दिनेछन् ।

Post a Comment

 
Top