0
गोल्डेन न्यूज संवाददाता
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा उप–महानगरपालिकाको वडा नं. २७ र २९ हेम्जामा ‘बुढयौलीप्रतिको पूर्वाग्रह विरुद्ध अडिग रहौं’ भन्ने मूल नाराका साथ अन्तरक्रिया कायक्रम सम्पन्न भएको छ ।  अक्टोवर १ विश्वभरी नै विविध कार्यक्रम गरी ज्येष्ठ नागरिक दिवस मनाईन्छ । ज्येष्ठ नागरिक समिति हेम्जा कम्युनिटी सपोर्ट  ग्रुप पोखरा र नपानको आयोजना तथा हेल्पेज इन्टरनेसनलको सहयोगमा सञ्चालित विपद् उत्थानशिलताका लागि ज्येष्ठ नागरिकको समावेशीकरण परियोजनाद्वारा २६औं ज्येष्ठ नागरिक दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । ज्येष्ठ नगरिक समिति हेम्जाका अध्यक्ष नीलकण्ठ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले २९ का उपाध्यक्ष कमलमणि त्रिपाठीले ज्येष्ठ नागरिम समितिले विपद् व्यवस्थापनको लागि चौरासी नहरमा बनाएको तटवन्धन उदाहरणीय भएको बताए । अमूल्य महिला विकास सहकारीकी अध्यक्ष कुष्णकुमारी त्रिपाठीले ज्येष्ठ नागरिक समितिले सञ्चालन गरेका विपद् व्यवस्थापन तथा चेतनामूलक क्रियकलापहरुले विपद् व्यवस्थापन र ज्येष्ठ नागरिक प्रतिको सोचमा सकारात्मक परिवर्तन भएको बताइन । राप्रपा नेपाल पोखरा २९ का उपाध्यक्ष गंगावहादुर कुँवरले वृद्ध अवस्थामा सम्स्या नै समस्या हुने भएकोले ज्येष्ठ नागरिकको स्याहारमा सवै जनाले चासो राख्नुपर्नेमा जोड दिए । वडा नागरिक मञ्चका पूर्व अध्यक्ष दयाराम बाँस्तोलाले ज्येष्ठ नागरिकको हक हितका लागि निरन्तर लागिरहने बताए । ज्येष्ठ नागरिक समितिका अध्यक्ष षडानन्द वरालले ज्येष्ठ नागरिक समितिको प्रगति प्रस्तुत गरेका थिए । उनले कम्यूनिटी सपोर्ट गु्रप पोखराको सहयोग तथा वडा कार्यालयसंगको सामन्वयमा ज्येष्ठ नागरिक समावेसी वडास्तरीय विपद् व्यवस्थापन समिति गठन, वडा स्तरिय विपद् व्यवस्थापन योजना निमार्ण कार्य सम्पन्न गरिएको जानकारी दिए । कार्यक्रममा नेपान कास्कीका संयोजक विनोद त्रिपाठीले कार्यपत्र प्रस्तुत गरेका थिए भने सिएसजीका कार्यक्रम संयोजक भवदत्त पौडेलले ज्येष्ठ नागरिकको अवस्था तथा ज्येष्ठ नागरिक केन्द्रित कार्यक्रमहरु र त्यसको प्रभावको वारेमा जानकारी गराएका थिए । कार्यक्रममा स्वागत उपाध्यक्ष सेती कँुवर र कार्यक्रमको सञ्चालन ज्येष्ठ नागरिक समितिका सचिव नेत्रपाणि त्रिपाठीले गरेका थिए ।



Post a Comment

 
Top