0
गोल्डेन न्यूज संवाददाता
नेपाल लेखापढी कानून व्यवसायी एसोशिएसन कास्कीले शुभ विजयादशमी, दिपावली तथा छठ पर्वको अवसरमा शनिवार शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा एशोसिएसनका अध्यक्ष अम्वर वहादुर कार्की (अनिल)ले व्यवसायीहरु आपसी सम्वन्ध प्रगाढ बनाउन र सहकार्यलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने उद्देश्यले कार्यक्रम गरिएको  बताए । एशोसिएसनले आफ्नो वार्षिक कार्यक्रम अनुसार शुभकामना आदान–प्रदान, सरकारी विद्यालयमा अध्ययनर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरु लाई आर्थिक सहयोग, मुटुरोगीलाई सहयोग तथा बृद्धाश्रममा बृद्धवृद्धाहरु लाई पनि सहयोग गर्दै आएको कार्कीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल लेखापढी कानून व्यवसायी एशोसियसन केन्द्रीय सल्लाहकार समितिका सभापति रामप्रसाद अधिकारीले विजयादशमी तथा दिपावलीले सबै व्यवसायी तथा नेपाली दाजुभाई दिदीवहिनीहरुमा शान्ति र समृद्धि ल्याउन सकोस् भनेर शुभकामना व्यक्त गरे ।
एशोसिएशनका अध्यक्ष अम्वरवहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा यातायात व्यवस्था कार्यालय गण्डकी सवारीका प्रमुख भरत पौडेल, नापी कार्यालय कास्कीका प्रमुख बलराम पोखरेल, एशोसिएसनका केन्द्रीय सदस्य हरिप्रसाद शर्मा, केन्द्रीय अनुगमन सदस्य विमलवहादुर कार्की, लेखापढी बचत तथा ऋण सहकारीका अध्यक्ष ठाकुरप्रसाद अधिकारी, सचिव भरतराज तिवारी तथा पुनरावेदन वार एशोसिएशन का अध्यक्ष दयाराम गौतम तथा एशोसिएशनका सचिव षडानन्द लामिछाने लगायतले शुभकामना मन्तव्य राखे । शनिवारनै लेखापढी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा समेत सम्पन्न भएको छ । कार्यक्रम सहकारीका अध्यक्ष ठाकुरप्रसाद अधिकारीको अध्यक्षता तथा जिल्ला सहकारी संघ लिमिटेड कास्कीका सदस्य कुशलवावु लामिछानेको प्रमुख आतिथ्यतामा भएको थियो ।
यसैगरी भुजेल समाज कास्कीले विजयादशमी, दीपावली, छठ पर्व तथा नेपाल सम्बतको उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि भुजेल समाजका केन्द्रीय अध्यक्ष सूर्यबहादुर भुजेलले विजयादशमी, दीपावली, छठ पर्व एवं नेपाल सम्वत्ले सम्पूर्ण नेपालीहरुको घरघरमा सुख, शान्ति एवं प्रगतिको वातावरण बनोस्, राजनीतिक नेताहरुमा सकारात्मक राजनीतिक चेतना विकास होस् र सम्पूर्ण आदिवासी जनजातिहरु आफ्नो हक अधिकारका लागि एकजुट हुने अवसर प्राप्त होस् भनि शुभकामना व्यक्त गरे ।
कार्यक्रममा तमु ह्यूलाका सचिव चेतबहादुर गुरुङ्ग, हेल्मो समाजका पूर्ण हेल्मो, तजी लजी दवूका विष्णु शंकर ख्वाँजु, भुजेल समाजका केन्द्रीय महासचिव बुद्ध घर्ती, सचिव राजकुमारी भुजेल, आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती लगायतले बोलेका थिए। समाजका अध्यक्ष मनबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य समाजका उपाध्यक्ष नरबहादुर भुजेल र कार्यक्रमको संचालन सचिव प्रेमबहादुर भुजेलले गरेका थिए । उक्त अवसरमा ४४ जना एसएलसी उत्तीर्ण हुने भुजेल विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो ।  यसैगरी अखिल नेपाल खेलकुद महासंघ कास्कीले घटस्थापनाको दिन शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न ग¥यो। नेपालीहरुको पर्व विजयादशमी, तिहार, छठ, इद २०७३ र नेपाल संवत ११३७ को अवसरमा महासंघले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले चाडवाडमा मादकपदार्थको प्रयोग बढी गर्दा अपराधिक क्रियाकलाप र दुर्घटना जस्ता खतरा हुने भएकोले मादकपदार्थ सेवन नगर्न आग्रह गरेका थिए। माओवादी केन्द्रका प्रदेश नं. ४ का ईन्चार्ज हरि अधिकारी ‘कुमार’ ले चाडपर्व तडक–भडक रहित मनाउनुपर्नेमा जोड दिए। कार्यक्रममा पश्चिमाञ्चल खेलकुद विकास समितिका पूर्व अध्यक्ष दिपक कोइराला र पूर्व सांसद राजकाजी गुरुङले पनि शुभकामना मन्तव्य राखे। कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघ केन्द्रीय उपाध्यक्ष हरि खड्काको पनि उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन अखिल नेपाल खेलकुद महासंघ कास्कीका अध्यक्ष बलराम सुवेदीले गरेका थिए। यसैगरी नेकपा माओवादी केन्द्र धादिङ समन्वय समितिले पनि शनिबार शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य माओवादीकै जोडबलका कारण संविधान आएको भन्दै संविधान कार्यान्यनका लागि पनि माओवादी प्रतिवद्ध रहेको बताए । उनले स्थानीय निकायको निर्वाचन छिट्टै हुने भएकाले तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिए । समितिका संयोजक रेशक सिंखडाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव ईश्वर श्रेष्ठ र संचालन सचिव कृष्ण धरेलले गरेका थिए ।






Post a Comment

 
Top