0
नेपालीहरुको महान पर्व विजयादशीसँगै नव दुर्गाको पूजा एक कार्यक्रमका बीच विश्वनाथ शिव पाञ्चायनबाबा धाम मन्दिरमा शनिवारबाट सुरु भएको छ ।
पोखरा उपमहानगरपालिका वडा नं. १४ र १८ को शुभकामना टोलमा रहेको पाञ्चायन धाम मन्दिरमा सो पूजा आयोजना गरिएको हो । पूजाको प्रमुख अतिथि स्थानीयबासी पार्कल्याण्ड हस्पिटलका अध्यक्ष डा. महेन्द्र के.सी. माताद्वय दुर्गा के.सी. र धना के.सी. रहेका थिए । कार्यक्रमका प्रमुखद्वयले जोर द्वीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा विशेष अतिथि सामुदायिक प्रहरी सेवा केन्द्र कास्कीका महासचिव बोधबहादुर कार्कीले धार्मिक परम्परा अनुसार नै देवीहरुको पूजापाठ गरिंदै आएको हुँदा दैविक शक्तिमा सबैले विश्वास गर्नुपर्ने बताउँदै मन्दिर परिषद्मा हुने निर्माणका कार्य र मन्दिर प्रसारप्रसारमा आफूले सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार एवं समाजसेवी जे.वी. कुँवरले सबै स्थानीयबासीहरुको सहयोग र सहकार्यमा निर्माण भएको पाञ्चायन धाम मन्दिरको संरक्षण र सम्वद्र्धनमा सबै मिलेर लाग्नुपर्ने बताउँदै धामलाई अझ व्यापक रुपमा प्रचारप्रसार गर्दै पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने बताए । कार्यक्रम युवा पण्डित पशुपति पौडेलले धार्मिक प्रवचन दिएका थिए भने महिला शिप विकास समितिका अध्यक्ष शुशिला तिवारीले आफ्नो भनाई राखेकी थिइन । पूजा महोत्सव तयारी समितिका संयोजक जुना महतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य शुभकामना टोल विकास संस्थाका अध्यक्ष कृष्ण कुँवरले र सञ्चालन सचिव रामजी के.सी.ले गरेका थिए ।










Post a Comment

 
Top