0
थामिएन स्क्रब टाइफप्रायस गरेर बानी व्यवहार जस्ता कुराहरु मानिस सुरु(सुरुमा कसैको देखासिकी गरेर या साथिभाईको लहै(लहैमा लागेर वा सौखको रुपमा यसलाई लिइने गर्दछन्। पछि गएर मानिसको यही सौख बानी (ह्यबिट) को रुपमा परिणत भइ व्यक्तिको व्यवहारमा पनि देखिन्छ। फेरी जीवन भरी धुमपानको लतले व्यक्तिको पिछा छोडदैन ।  एकप्रकारले बानीले मानिसलाई आफ्नो (गुलाम) बनाउँछ र मानिस स्वतः दास हुन पुग्छ। मानिसका सौखहरु पनि विभिन्न प्रकारका हुन्छन् । त्यसमध्ये एउटा सौख यस्तो पनि छ जसले आजकलका युवा पिढीलाई आफ्नो गिरफ्तमा लिइरहेकोछ। त्यो बानि केहो? त्यो हो सुर्तीजन्यपदार्थ को सेवन, जुन गुटखा, पानपराग, खैनी, बिडी, चुरोट, हुक्का आदीको रुपमा नशाको लागि प्रयोग गरिन्छ। अक्सर तनाव या मानसिक दबाब कम गर्नको लागि मानिस नशाको सेवन–सुरुमा सौखको रुपमा गर्दछन्। पछि यही सौख उसको कमजोरी वा मजबुरी हुनजान्छ र व्यक्तिलाई नभई न हुने हुन्छ । यस्ता व्यक्तिमा इच्छाशक्ति, आत्मविश्वास, कुनै कुराको निर्णय लिने क्षमतामा कमी,  व्यवहारमा परिवर्तन हुनुका साथै दिर्घकालीन प्रयोग गरेको अवस्थामा मुख, घाँटी, पेट र छातिको क्यान्सर जस्तो प्राणघातक रोगको खतरा बढन जान्छ । तम्बाकु (सुर्ती) को सुकेको पातमा निकोटिन, पायटिडिन, पिकोलिन तथा कालिडिन नामक तत्वहरु पाइन्छ । यि सबै हानिकारक तत्वहरु सुर्तीजन्य पदार्थबाट बनेका विभिन्न किसिमका ऊत्पादन (ब्रान्ड) हरुको सेवनको दौरान फोक्सोमा हानिकारक प्रभाव पार्दछ । तम्बाकुको धुवाँमा उपरोक्त हानिकारक तत्वको आलावा वेंजिन तथा रेडियो एक्टिवलिड पनि विद्यामान रहन्छ जसको अधिक मात्राले ल्युकिमिया (ब्लड क्यान्सर) को कारक बन्नसक्छ ।
महिला पनि पुरुषभन्दा के कम छन् र देखासिकी भनौ या सोखको रुपमा–महिलाहरुमा पनि धुम्रपान गर्ने बानी बढिरहेकोछ । जसले गर्दा यिनिहरुको जन्मिने बच्चा प्रायः बिरामी भइरहने र आकस्मिक मृत्यु हुने खतरा भइरहन्छ । यस्ता महिलाहरुले आफ्नो जन्मिने सन्तानलाई–क्यान्सरको तत्व बच्चा जन्मिनुको साथै उपहार स्वरुप दिन्छन् ।
लन्डनका डा.क्लिवबेटसले आफ्नो वर्षौदेखिको अन्सुन्धानमा के पाए भने, ’धुम्रपानको सेवनले पुरुषमा लिंगोत्थानको क्षमतामा कमी ल्याउनुका साथै रक्तबाहिनी नलीलाई समेत क्षति पुर्रुयाउँछ र मुटुको गतिलाई पनि प्रभावित गर्दछ ।
सुर्तीको सेवनले व्यक्तिमा घबराहट, बैचैनी, अनिन्द्रा, तनाव, सुस्ती, आलस्य, थकावट, अवसाद, स्नायुशुल, मुटुकोको धडकन बढनु, उच्चरक्तचाप, भोक न लाग्नु , कब्जियत, मुख गन्हाउनु, पाचन सम्बन्धि रोग हुनु, आखाँको दृष्टी कमजोर हुनु, असमय मै बुढोजस्तो देखिनु, वल्वको प्रकाश या मैनबत्तिको उज्यालोमा घबराहटहुनु को साथै मुटुको रोगहुने सम्भावना बढी हुन्छ । जसलाई टोबाको हर्टडिजिज (सुर्तीजन्यह्रदय रोग) पनि भनिन्छ । धुम्रपान गर्ने व्यक्तिको घाँटी दुख्नुको साथै बिहान सबैरे सुख्खा खोकी लाग्नुका साथै केही दानादार कफ (खकार) आउन सक्छ । धुम्रपानको सेवनले ब्रोकंकाइटिस, दम तथा पुरुषमा नपुंसकता तथा महिलामा बाँझोपन पनि हुनसक्छ ।
यसैप्रकार गुटखा, पानपराग, पानमसालको सेवन गर्नेहरुमा मुख भित्र रहेका तन्तुहरु खुम्चिएर (फाईब्रोसिसि) को कारणले व्यक्ति राम्रोसँग मुख खोल्न (आँऽऽगर्न) सक्दैन । आँऽ गर्दा मुख कम खुल्छ र सम्वेदनशीलता बढन जान्छ। गुटखा सेवन गर्ने व्यक्तिहरु मसालायुक्त खानेकुरा या गरम पेयपदार्थ खान या पिउन सक्दैनन्। खाएमा मुखमा भित्र तकलिफ हुन्छ। धेरैजसो गुटखाको प्रयोग गर्नेहरुलाई मुखको वा घाँटीको क्यान्सर हुनाले मृत्यु समेत हुनसक्छ।
यही कारणले होला कि विश्वका धैरेजसो मुलुकहरुमा त्यहाँका सरकारले, स्थानीय प्रशासनले सार्वजनिकस्थल, स्कुल, कलेज, थिएटर, सिनेमा हल, अस्पताल, बस, रेलगाडी, ट्रामगाडी, एयरपोर्ट, बसपार्क, गिर्जाघर, आदि ठाउँहरुमा धुमपान निषेध छ भनेर सूचना टाँस्नुको साथै  चुरोटको बट्टा, खैनीको पुडिया, गुटखाको पाउचमा समेत मानिसलाई मुख, जिब्रो र गालामा क्यानसर भएको चित्र अंकित गरिएको छ । ताकी सुर्तीको सेवन गर्नेहरुलाई चेतना होस र धुमपान गर्ने बानी बेलैमा छोड्ने प्रयास गरुन्।
कसरी हुन्छन् चेन स्मोकरः–जब कुनै व्यक्ति सिगरेटरबिडीरसुर्तीको सेवन गर्दछ भने सेवनकर्ताको मस्तिष्क (ब्रेनमा) लगभग १० सेकेन्ड त्यसपछि सेन्ट्रल नर्वस सिस्टममा ५ मिनटसम्म सुर्तीको असर रहन्छ । धुम्रपान गर्नाले केहीबेरको लागि भएपनि मानिसमा काम गर्ने क्षमता बढेको महसुश हुन्छ। र व्यक्ति निकोटिनको सुरमा आफ्नो काम केहीबेर भएपनि मजाले गर्छ । तर यो जाँगर धेरै समयसम्म चल्दैन । केही समय पश्चात शिथिलता आउन सुरुहुन्छ, काममा मन लाग्दैन , छटपटी लाग्छ, पछि गएर शरीर सुस्त हुनथाल्छ बिस्तारै–२ कामगर्ने क्षमतामा पनि कमि आउन थाल्छ र फेरी व्यक्तिलाई धुमपानको आवश्यकता महसुश हुन थाल्छ । यसरी बारम्बार चुरोटको तल–तल मेटने प्रयासमा व्यक्ति धुम्रपानको अम्मलि अर्थात (चेनस्मोकर) हुनजान्छ।                                                                                    
उपचारः  होमियोप्याथिक चिकित्सामा पनि धुम्रपान या सुर्ती सेवनको बानीबाट सजिलै छुटकारापाउन साकिन्छ। तर यसको लागि व्यक्तिकोआफ्नो इच्छाशक्ति (विलपावर) दृढ हुनुपर्दछ। मात्र औषधिको सेवनले केही पनि हुदैन ।औषधिले त धुमपानको लत छुटाउनमा व्यक्तिलाई सहयोग गर्नै मात्र हो । व्यक्तिले पनि आफ्नो सहयोग आफैंले गर्नुपर्ने हुन्छ ।  होमियोप्याथिकऔषधि सेवन गर्नुका साथै नियमित रुपमा योगाभ्यास (कापालभाति, प्रणायाम, मेडिटेसन (ध्यान) को सहयोग पनि लिन सकिन्छ। यसबाट पनि धुम्रपानको लत छुटाउनमा केही हदसम्म मद्दत मिल्दछ । होमियोप्याथिकमा चिकित्सामा धुमपानको लत छुटाउन प्रयोग हुने प्रभावशाली औषधिहरु छन्। यस चिकित्सामा रोगको उपचार गर्दा रोगीको मानसिक एवं शारीरिक लक्षणहरुलाई मध्यनजर राखेर उचित औषधिको चयन गरिन्छ। रोगीको लक्षणको आधारमा सफलतापूर्वक प्रयोग हुने औषधिहरु निम्न लिखित छन् ।
औषधिहरु ः
१) प्लेटेगोंमेजर–२००रशक्ति–यसको प्रयोगले निकोटिनको कारणले हुने अनिन्द्रा र सुस्तीबाट राहत दिन्छ।
२) डेफ्ने इडिकां–२००र शक्तिको  सुर्ती तथा यसबाट उत्पादन भएका चिजहरु जस्तै खैनि, बिडी, सिगरेट, आदिको चाहनाप्रति अरुची उत्पन्न गराउँछ ।
३) केलेडियम–२००रशक्ति– सुर्तीको तल–तललाई यसले हटाउनमा मद्दत गर्छ ।
४) टेबेकम–२००रशक्ति–यस औषधिको सेवनले व्यक्तिलाई यस्तो अवस्थामा ल्याइदिन्छ कि सुर्तीको सेवन गर्ने इच्छा हुने बित्तिकै बाक्क–बाकि हुन थाल्छ, र व्यक्तिमा धुमपान प्रति अरुची हुनजान्छ ।
५) इपिकाक–२००रशक्ति– चुरोटको गन्धले बाक–बाकिआउनु, बान्ताहुनु आदि अवस्थामा यसको प्रयोग गरिन्छ।
६) आर्से्निकएल्वम– २०० र शक्ति  सुर्ती खैनिको सेवनबाट हुने शारीरिक समस्या (दुष्प्रभाव) मा यसऔषधिको प्रयोगले राहत पुर्याउँछ ।
७) नक्सवोमिका–२००रशक्ति– धुमपान गर्ने व्यक्तिहरुमा सुर्तीको सेवन पश्चातहुने –पाचन सम्बन्धि) ग्यास्ट्रिकको अवस्थामा यसको सेवनले राहत पुर्रुयाउँछ । ८) फासफोरसस–२००रशक्ति–धुमपानको सेवन गर्नेहरुमा देखिने शारीरिक समस्याहरु जस्तै– यौवन शक्ति कमजोर हुनु, मुटुको धडकन बढनु, आदिमा यसको प्रयोले फाइदा पुर्याउँछ । यसैप्रकार रोगीको अवस्था अनुसार अरु औषधिहरु जस्तै– केम्फर, इग्नेसिया, स्टेफसिग्रिया, स्पाइजेलिया आदिको पनि प्रयोग गर्न सकिन्छ। उपरोक्त होमियोप्याथिक औषधिहरु आफ्नो नजिकका स्थानीय चिकित्सकको सल्लाह अनुसार नियमित रुपमा सेवन गर्नु पर्नेहुन्छ ।  कान्तिपुर अनलाइनबाट

थामिएन स्क्रब टाइफस

स्क्रब टाइफस संक्रमणबाट चितवनमा एक बालिकाको मृत्यु भएको छ । कालिका ६ की १३ वर्षीया बालिकाको दुई दिनअघि मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । बालिकालाई सामान्य ज्वरो आएपछि गत भदौ २८ गते अस्पताल भर्ना गरिएको थियो । जिल्लामा पछिल्ला दिन स्क्रब टाइफसका बिरामी बढिरहेका छन् । यससँगै डेंगु, चिकनगुनियाका बिरामी पनि फेला परिरहेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ०७२ भदौमा पहिलोपटक स्क्रब टाइफस बिरामी भेटिएका थिए । गत वर्ष बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानमा बिरामीको रगत परीक्षण क्रममा यो रोग लागेको पुष्टि भएको थियो । मुलुकभर ‘स्क्रब टाइफस’ को संक्रमण बढेपछि अवस्था पत्ता लगाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले मुसाको स्थलगत अध्ययन तथा परीक्षण सुरु गरेको थियो । त्यस त्रममा ७० प्रतिसत मुसामा माइट फेला पारेको थियो । यहाँको सबैभन्दा प्रभावित क्षेत्र शारदानगर, रामपुर, मंगलपुर, पार्वतीपुर, शंकर र विकासचोक हो । यहाँका मानिस स्क्रब टाइफस, चिकनगुनिया र डेंगुजस्ता रोगबाट पीडित छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका उपस्वाथ्य प्रशासक डा. गुणनिधि शर्माका अनुसार अहिले सम्म ३७ जिल्लामा २ सय ७५ जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् । त्यस्तै ९ जनाको मृत्यु भइसकेको छ । शर्माका अनुसार चितवन, संखुवासभा र कैलालीमा २÷२, भोजपुर, तनहु, गुल्मीमा १÷१ जनाको मृत्यु भएको छ । सबै भन्दा बढी बिरामी चितवनमै फेला परेका छन् । ‘डेंगु रोग पहिलो पटक चितवनबाटै पहिचान भएको हो,’ शर्माले भने, ‘वातावरणका हिसावले यो जिल्लामा रोगको जोखिम बढी छ ।’ उनका अनुसार डेंगु, मलेरिया, काला जार, स्क्रब टाइफसका कारण जीवाणुका लागि चितवनमा वातावरण अनुकूल छ । त्यसले गर्दा रोग पहिचान हुँदानहुँदै बिरामीको संख्या बढिसकेको हुन्छ । ‘जोखिम अन्य जिल्लामा पनि छ,’ उनले भने,‘तर यहां २ वटा मेडिकल कलेज छन, राम्रो सरकारी अस्पताल छ, जसले गर्दा चांडै रोग पहिचान भई निदान सुरु गरिन्छ ।’ उपचार सेवा छिटो भए पनि रोग लागेर अन्तिम अवस्थामा मात्र अस्पताल आउंदा बिरामीको ज्यान जाने गरेको छ । अहिले डेंगुको जोखिम पनि तीव्र छ । असोज २७ गते सम्म २ सय १९ मा डेंगु संत्रमण भएको पाईएको जनस्वास्थ्यले जनाएको छ । ‘यो सख्या बढेको छ’, जनस्वास्थ्यका किट नियन्त्रक निरीक्षक रामकुमार केशीले भने, ‘अहिले २ सय ५० नाघेको छ ।’ उनले अन्य अस्पतालबाट तथ्याङ संकलन हुन बाँकी रहेको जनाए । खास गरी रत्ननगरमा संक्रमण बढ्दै गएको पाइन्छ ।
वीरगन्जमा बढ्दै ः मध्य तराईमा स्क्रब टाइफसका बिरामी थपिएको थपियै छन् । चिकित्सकको अनुमानविपरीत चिसो बढे पनि रोग नियन्त्रणमा आउन सकेको छैन । चिसोमा रोग सार्ने भुसुना कमजोर भएर संक्रमण घट्ने चिकित्सकको अनुमान थियो । वीरगन्जस्थित नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा ३ बिरामी उपचारमा छन् । अस्पतालका बालरोग चिकित्सक डा. अतीन्द्र मिश्रका अनुसार उपचारमा आएका मध्ये लक्ष्मीपुर ७ सर्लाहीका १३ वर्षीय बालक श्याम चौधरीलाई बिहीबार आईसीयू कक्ष भर्ना गरिएको छ । यसबाहेक सर्लाही, मधुवनीकी ६ वर्षीया सहिस्ता खातुन र रौतहट रामपुरका ४ वर्षीय गौरव कुमार पनि अस्पताल भर्ना छन् । दुबै सोमबार बेलुकी अस्पताल ल्याइएका थिए । यी समेत गरी असार यता अस्पतालमा स्क्रब टाइफसका ३२ बिरामी आएका छन् । रौतहट धरमपुर–४ की ७ वर्षीया रतुशनाज खातुनको साउन १३ गते उपचारको क्रममै मृत्यु भएको थियो । अन्य थप दुई बिरामीको उपचार सम्भव नभएपछि अभिभावकले घरै फर्काएका थिए । जिल्लामा बीस प्रतिशतले दोहो¥याएर गर्भपतन गराएको तथ्याङ्क छ । दोहो¥याएर गर्भपतन गराउनेहरु कमै मात्र एउटै स्वास्थ्य संस्थामा आउने गरेको स्वास्थ्यकर्मीहरुको अनुभव छ । सूचीकृत स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीले दोहो¥याएर गर्भपतन गर्न नदिने र दोहो¥याउँदा हुने स्वास्थ्य समस्याका बारेमा समेत परामर्श दिने भएकाले नयाँ ठाउँमा जाने प्रवृत्ति हावी छ । गर्भ रहेको नौ हप्तासम्म लिङ्गको पहिचान हँुदैन । लिङ्ग पहिचान गरेर भ्रूण हत्या गर्नेहरु जिल्ला बाहिरका निजी अस्पताल जान्छन् । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार म्याग्दीमा धेरैले नौ हप्ताअघि नै गर्भपतन गराउने गरेका छन् । नौदेखि १२ हप्तासम्मको गर्भपतन गराउनेहरुको सङ्ख्या आर्थिक वर्ष २०७१÷७२ मा ६९ छ । गर्भपतन प्रजनन् स्वास्थ्यका दृष्टिले जोखिमयुक्त भएको जिल्ला अस्पतालका चिकित्सक धिरन मल्लले बताए । ‘गर्भपतनका कारण शारीरिक कमजोरी, पाठेघरको सङ्क्रमण, बाँझोपन र रक्तअल्पताको समस्या देखापर्छ, चिकित्सक मल्लले भने–‘पटक पटक गर्भपतन गराउँदा शारीरिक र प्रजनन् स्वास्थ्यमा गम्भीर असर पर्छ ।’ जिल्ला स्वास्थ्य कार्यालयका अनुसार म्याग्दीमा ४० प्रतिशत दम्पतिले मात्रै परिवार नियोजनको साधन प्रयोग गर्छन् । आर्थिक वर्ष २०७२÷७३ मा परिवार नियोजनका साधनहरु पिल्स, डिपो, आइयुसिडी र इम्पलान्टका नयाँ प्रयोगकर्ताहरु क्रमश ६४६, एक हजार ४०९, १३६ र ३५२ जना रहेको देखिन्छ भने ५४ जनाले स्थायी बन्ध्याकरण गराएका छन् । आर्थिक वर्ष २०७२÷७३ मा गर्भपतन गराएका एक हजार ८० जनालाई र अघिल्लो वर्ष ९०६ जनालाई स्वास्थ्य संस्थाबाट परिवार नियोजनका अस्थायी साधन दिएर पठाइएको थियो । सरकारी स्वास्थ्य संस्थाले परिवार नियोजनका साधनहरु निःशुल्क वितरण गर्दै आएका छन् । वैदेशिक रोजगारीका कारण चलायमान जनसंख्ङ्ख्याको ठूलो हिस्सा रहेको म्याग्दीमा दम्पतिहरुको अविश्वास र नकारात्मक बुझाइका कारण परिवार नियोजनका साधनको प्रयोग कम रहेको जिल्ला स्वास्थ्य कार्यालयको परिवार नियोजन कार्यक्रमका संयोजक कौशल भण्डारीले बताए । परिवार नियोजनका अस्थायी र स्थायी साधनको प्रयोगमा वृद्धि ल्याई गर्भपतन दरमा कमी ल्याउन गत पुसदेखि बेनी नगरपालिकाको साथै दरवाङ, बिम, ओखरबोट, रुम, निस्कोट, बरङ्जा, भकिम्ली, बाबियाचौर र अर्मन गाविसमा परिवार नियोजन सञ्चार अभियान सञ्चालित छ । कान्तिपुर अनलाइनबाट






Post a Comment

 
Top