0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. ४ चिप्लेढुगांमा प्रधान कार्यालय रहेको ओम डेभलपमेन्ट बैंक लिमिटेड ९ बर्ष पूरा गरि १० बर्षमा प्रवेश गरेको छ । साविकको सिटी डेभलपमेन्ट बैंक लिमिटेड र ओम फाइनान्स लिमिटेड एक आपसमा गाभिएर बनेको ओम डेभलपमेन्ट बैंकले आफ्नो बार्षिकोत्सवको अवसरमा पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाई र रक्तदान कार्यक्रम आयोजना ग¥यो । बैंकले यसअघि विन्ध्यवासिनी धार्मिक सेवा समितिको एम्बुलेन्स सेवा संचालनको सहयोगार्थ भवन निर्माणका लागि १५ लाख रुपैयाँ सहयोग गरिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए । 
बार्षिकोत्सवको अवसरमा बैंकले प्रधान कार्यालय प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना ग¥यो । कार्यक्रमको बैंकका पूर्व अध्यक्ष एवं वर्तमान संचालक राजेन्द्रकुमार बाटाजु, संचालक एवं तमुधिं नेपालकी अध्यक्ष कर्मा गुरुङले संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा बैंकका कर्मचारी तथा अन्य ब्यक्तिहरुबाट ५१ युनिट रगत संकलन भएको बैंकका नायव कार्यकारी अधिकृत बुद्धिकुमार मल्लले जानकारी दिए । कार्यक्रममा रक्तसंचार केन्द्र पोखराले प्राविधिक सहयोग गरेको थियो । 
बैंकले हालै मात्र मनास्लु विकास बैंकसंग मर्जरको लागि सैद्धान्तिक सहमति भइसकेको छ । 
दुबै संस्थाको प्रस्तावित बोनश शेयर तथा मर्जरपछि बैंकको चुक्ता पुँजी १ अर्ब ६८ करोड रुपैयाँ हुनेछ । असोज मसान्तसम्ममा बैंकले  १४ अर्ब ४९ करोड रुपैयाँ निक्षेप १२ अर्ब ५१ करोड र कर्जा प्रवाह गरि १० करोड ६० लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । मर्जरपछि बैंकको शाखा ३४ वटा हुने र छिट्टै ६ वटा शाखा थपिने प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए । उनका अनुसार बैंकका हाल १ लाख ३५ हजार ग्राहक रहेका छन् ।













Post a Comment

 
Top