0
गोल्डेन न्यूज संवाददाता
सिद्धि–सेतुली स्मृति प्रतिष्ठान पोखराद्वारा संचालित बालशिक्षा कार्यक्रमका लागि जनरल मेडिकल प्राक्तिसनरका रूपमा टारी, न्यूसाउथ वेल्स, अष्ट्रेलियामा कार्यरत डा. अनुभा सिं तथा डा सेङ थु या दम्पत्तिले १ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् । कक्षा १२ मा  अध्ययनरत एक असहाय तथा जेहेन्दार छात्रालाई प्रतिवर्ष ७ हजार रुपैयाँ छात्रवृत्ति उपलब्ध गराउन अक्षयकोषमा सो रकम राखिने र आर्जित व्याज खर्चिने बाल शिक्षा कार्यक्रम, बालहित कोषका संस्थापक संरक्षक तथा संयोजक विश्वरत्न शाक्यले जानकारी दिए । सिद्धि–सेतुली स्मृति प्रतिष्ठान पोखराको बैठकले ‘अनुभा–सेङ थु’ छात्रवृत्ति कोष स्थापनाका सहयोगी दम्पत्तिलाई ‘संरक्षक सहयोगी सदस्य’ वाट सम्मानित गर्ने निर्णय गरेको छ । डा. अनुभा सिं पोखराकी हुन् र उनले सेण्ट मेरिज हाइस्कुलबाट प्रवेशिका परीक्षा पास गरी रसियाबाट स्नातक तथा अष्ट्ेलियामा उच्च शिक्षा हासिल गरी त्यहां चिकित्सा क्षेत्रमा कार्यरत छिन् । म्यानमार, माण्डलेमा जन्मेका डा. सेङ थु या (नवीन कुमार जैसवाल) प्रारम्भिक शिक्षा म्यानमार, माण्डलेमा सकी उच्च शिक्षा अष्ट्रेलियामा अध्ययन गरेर त्यहिं नै चिकित्सा क्षेत्रमा लागेका हुन् ।
 
एक दशकअघि स्थापित सिद्धि सेतुली स्मृति प्रतिष्ठान पोखराले महिला जागरण, बालवालिका र असहाय ज्येष्ठ नागरिकहरुको क्षेत्रमा काम गर्ने संघसंस्था र व्यक्तिलाई १ लाख रुपैयाँको आमा सेतुलीमाया शाक्य स्मृति वृत्ति र रु १० हजार रुपैयाँको सिद्धि सेतुली स्मृति पुरस्कार प्रदान गर्दै आएको छ । हालसम्म यस कार्यमा ४ लाख ९० हजार रुपैयाँ खर्च भएको छ । संस्थाले भूकम्पपीडितलाई १ लाख ३३ हजार रुपैयाँ, ज्येष्ठ नागरिक मिलन केन्द्र विन्ध्यवासिनीलाई १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । यस्तै पूर्वप्राथमिक विद्यालय देखि दश जोड दुइसम्मको शिक्षाका लागि असहाय तथा जेहेन्दार विद्यार्थीलाई १५ लाख ७७ हजार ७२१ रुपैयाँ बराबरको छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदान गरिसकेको छ । आमा बाबुप्रति श्रद्धा र आस्था हुने थुप्रै न्याना हातहरुको हातेमालोमा संस्थाले प्रत्यक्षतः २२ लाख ३० हजार ७२१ रुपैयाँ मानवीय कल्याणकारी कार्यमा सहयोग जुटाएको छ । १० लाख रुपैयाँको अक्षय कोषबाट सुरु भएको संस्थाले कोष वृद्धि गरी ४० लाख रुपैयाँ पु्र्याएको छ भने निकट भविष्यमा ५० लाख प¥याउने भएको छ ।


Post a Comment

 
Top